
महाभारतको युुद्ध दुई भाइका सन्तानबीचको युद्ध हो । यो युुद्ध अठार दिनसम्म चल्यो । अठार दिनका दिन युुद्ध समाप्त भएको थियो । दश दिनसम्म भीष्म पितामहले कौरवको सेनापतिका रूपमा युुद्ध लडेका थिए । दशौँ दिनका दिन पितामह अर्जुुनबाट प्रहार गरिएका बाणको शैयामा परे । उनलाई इच्छामृत्युुको वरदान प्राप्त थियो । दक्षिणायनमा लडेका भीष्मले उत्तरायण लागेपछिमात्र मृत्युुलाई वरण गरेका थिए । उनले मृत्युु हुनुुपूर्व पनि शान्तिको वकालत गरेका थिए । दुुर्योधनलाई अब युुद्धको समापन गर । शान्तिका लागि सक्रिय बन । शान्तिका लागि भीष्मले जुन किसिमको सम्झौता कौरव र पाण्डवका बीचमा गराउन खोजे त्यो सराहनीय पक्ष थियो त्यो समयको ।
संसारका कुनै पनि देशमा सञ्चालन हुने शासन व्यवस्थाले त्यस देशको सामाजिक, आर्थिक परिवर्तनमा महत्वपूूर्ण भूूमिका निर्वाह गरेको हुन्छ । हस्तिनापुर तत्कालीन समयको शक्तिशाली राज्य थियो । भीष्मपितामह त्यस राज्यका रक्षक थिए । युुद्ध नहोस् भन्ने कामनामा उनी थिए । तर उनको अभिलाषा सत्य हुन सकेन ।
शान्ति नै उत्तम उपाय
शान्तिका विपरीत कुुनै उपाय छैन । युुद्ध जसरी लडे पनि अन्त्यमा चाहिने शान्ति नै हो । यदि शान्ति भएन भने मानवीय भावना र चेतनाले विकास पाउन सक्दैन । युुद्धमा मानवीय भावनाको कदर हुँदैन तर मानिसको बाँच्ने अधिकारलाई सुुरक्षित राखेर नै युुद्ध लड्नुु आवश्यक मानिन्छ । भीष्मले कहिले पनि आफ्ना सन्तानका बीचमा युुद्ध चाहेनन् । युुद्धलाई उनले आरम्भदेखि नै अस्वीकार गरे । तर धृतराष्ट्रको राजहठ र पुुत्रमोहका अघि उनको पनि केही लागेन । अन्त्यमा युुद्ध भयो । युुद्धको डरलाग्दो अवस्थाबाट उनी अछुुतो रहन सकेनन् । युद्धमा सहभागी भए तर अन्तिम अवस्थामा पनि शान्तिको कामना गरी रहे । मेरो मृत्युुपछि युुद्ध समापन होस् भन्ने कामना उनले राखेका थिए । म अहिले पनि युुद्ध रोकियोस् भन्ने पक्षमा छुु भन्दै उनले भने :
एतत् तुु रोचतां वाक्यं यदुुक्तोऽसि मयानघ
एतत् क्षेममहं मन्ये तव चैव कुलस्य च ।।
आजसम्म मैले युुद्ध लडेँ । यो युुद्धले कहिले पनि शान्तिलाई जित्न सक्दैन । मैले अहिले पनि शान्ति नै कौरवका लागि कल्याणकारी मानेको छु । यो पितामहको अन्तिम अवस्थाको अभिव्यक्ति हो । शान्तिलाई छोडेर युुद्धले कहिले पनि कल्याण गर्दैन भन्न खोजेका छन् उनले । भीष्मले युद्धलाई कहिले पनि जायज मानेनन् । हस्तिनापुरका रक्षक बनेर बसेका उनले शान्तिका माध्यमबाट कौरव र पाण्डवका बिचमा सहमति गराउन चाहेका थिए । उनले चाहेजस्तो हुन सकेन । भीष्म वाणको शै्याबाट भेट्न आएका दुर्योधनलाई सम्बोधन गर्दै भन्छन् :
त्यक्त्वा मन्युुं व्युुपशाम्यस्व पार्थैः पर्याप्तमेतद् यत् कृतं फाल्गुुनेन भीष्मास्यान्तादस्तुु यः सौर्हदं च जीवन्तुु शेषाःसाधुु राजन् प्रसीद ।।
हे राजन ! रिसलाई छोडेर तिमीले कुुन्तीपुत्रहरूसित सन्धि गर । अर्जुनले जे जति सेना आजसम्म मारे त्यसले युुद्ध जितेको सङ्केत प्राप्त भएको छ । म भीष्मको अन्त्य हुनुुपूूर्व नै शान्ति स्थापना होस् । कौरव र पाण्डवका बीचमा शान्ति कायम होस् । यही कामना मेरो रहेको छ । मृत्युुशौमा छट्पटिँदासम्म शान्ति चाहने उनी युद्धका पक्षपाती थिएनन् । उनले युुद्धलाई जहिले पनि शान्तिको बाधक मानेका थिए ।
आदर्श व्यवस्था कायम होस्
संसारका कुनै पनि देशमा सञ्चालन हुने शासन व्यवस्थाले त्यस देशको सामाजिक, आर्थिक परिवर्तनमा महत्वपूूर्ण भूूमिका निर्वाह गरेको हुन्छ । हस्तिनापुर तत्कालीन समयको शक्तिशाली राज्य थियो । भीष्मपितामह त्यस राज्यका रक्षक थिए । युुद्ध नहोस् भन्ने कामनामा उनी थिए । तर उनको अभिलाषा सत्य हुन सकेन । महाभारतमा कौरवतर्फका सेनापति नियुुक्त भएपछि उनले युुद्धको नियम बनाए । युुद्ध नियमसङ्गत तरिकाले लडिनुुपर्दछ । महाभारतको युुद्धमा जुन किसिमको सैन्य र युुद्धका नियम बनाइए, त्यसले त्यो समयको युुद्धनीतिलाई कुशल युुद्धनीति मानिन्छ । दुबैतर्फका सेनाप्रमुख बसेर बनाइएको नीतिले तत्कालीन समयको युुद्धनीतिलाई बाहिर ल्याएको छ । शस्त्रको प्रयोग निशस्त्रमाथि गर्न नपाइने नीति बनाइएको थियो तर पालना भने भएको देखिएन । युद्धको नियमका परिधिमा कौरव र पाण्डवका सेना बाँधिए ।
युुद्ध बिहान सूर्योदयसँगै शङ्खघोषबाट आरम्भ हुन्थ्यो र सूर्यास्तको शङ्खघोषसहित अन्त्य पनि । नियमसङ्गत तरिकाले लडिएको हुनाले त्यो युुद्धलाई धर्मयुद्ध भनिएको हो । आज हामी वैज्ञानिक अस्त्रशस्त्रले सम्पन्न छौँ । जति शक्ति सम्पन्न भए पनि आजको युुद्ध धर्मयुुद्ध बन्न सक्दैन । आजको युुद्ध बमवर्षक विमान र युुद्धपोतबाट सञ्चालित छ । अझ भनौँ आरामको जीवन आफ्नो घरमा बाँचिरहेका मानिसलाई देश छोड्न आदेश दिइन्छ ।
भीष्म कमजोर थिएनन् । उनी महारथी थिए । जीवनभर हस्तिनापुरको रक्षाको कसम खाएका थिए । पाण्डवप्रति अन्याय भयो । उनलाई यो जानकारी पूूर्णरूपमा थियो । उनले बोले । राजालाई उचित सल्लाह दिने प्रयास गरे । दिए पनि तर सफल हुन सकेनन् ।
बालबालिका र वृद्धवृद्धा मरे पनि पश्चाताप हुँदैन । मानव अधिकार पनि शक्तिसम्पन्न मुुलुुकमा कमजोर हुँदोरहेछ । गरिब मुुलुुकमा युुद्ध भएको भए विभिन्न सरकारी र गैरसरकारी संस्थाले मानव अधिकारको उलङ्घन भयो भन्दै वक्तव्यबाजी गर्न सक्थे तर शक्तिको युुद्धमा त्यसो हुँदोरहेनछ । युुद्ध बढी भयो । शान्तिलाई हामीले अङ्गाल्नुु आवश्यक छ । मृत्युु शैयाबाट पनि शान्तिको कामना गर्ने भीष्म दुर्योधनलाई सम्बोधन गर्दै भन्छन् :
राज्यस्यार्धं दीयतां पाण्डवानां मिन्द्रप्रस्थं धर्मराजोऽभियातुु
मा मित्रध्रुक् पार्थिवानां जघन्यः पापां कीर्तिं प्राप्स्यसे कौरवेन्द्र
हे कौरवराज दुर्योधन ! धर्मराज युुधिष्ठिरलाई इन्द्रप्रस्थ दिनुहोस् । युुधिष्ठिर इन्द्रप्रस्थ जानूू । यति गर्दा तिमीहरू मित्रद्रोही मानिने छैनौ । यसले तिमीहरूलाई पापपूूर्ण अपयश पनि प्राप्त हुने छैन । यो एउटा मृत्युुको अन्तिम घडीमा छट्पटिएका भीष्मको अभिव्यक्ति हो । यो अभिव्यक्ति राज्यको शान्ति र उचित शासकीय व्यवस्थाको आकाङ्क्षा पनि हो । शासनको सञ्चालन विवेकपूूर्ण तरिकाले हुनुु आवश्यक छ । शासक र सत्तासीन व्यक्तिमा अहं जाग्यो भने पद्यतिप्रति वितृष्णाको जालो फैलने गरेको हुन्छ । त्यो जालोलाई चिर्न सक्ने अवस्था पछि कसैमा पनि रहने छैन । म मरेर गए पनि हस्तिनापुर र यो राज्यव्यवस्था गतिलो तरिकाले चलोस् भन्ने कामना भीष्मले गरेका थिए । तर त्यसो हुन सकेन । दुर्योधनप्रति लक्षित गर्दै भीष्म भन्छन् :
ममावसानाच्छान्तिरस्तुु प्रजानां संगच्छतां पार्थिवाः प्रीतिमन्तः
पिता पुुत्रं मातुुलं भागिनेयो भ्राता चैव भ्रातरं प्रैतुु राजन् ।।
मेरो मृत्युु भए पनि हस्तिनापुरका जनताले शान्तिको सास फेरून् । पिता पुुत्र, मामा भाञ्जा, भाइ भाइका बीचमा सुुमधुर सम्बन्ध कायम होस् । यो अभिव्यक्तिमा व्यक्तिगत स्वार्थ छैन । आफ्नो कुनै चाहना पनि छैन । राज्यको शासन व्यवस्था गतिलो होस् । सबै मिलेर राज्यलाई विकासको उत्तरोत्तर प्रगतिका बाटोमा लैजाऊन् । शासक र जनताका बिचमा विभेदको रेखा नकोरियोस् । व्यवस्थित तरिकाले शासनका हरेक अङ्ग सक्रिय रहून् । एक अर्काका बीचमा सुुमधुुरसम्बन्ध कायम होस् । यही कामना उनको थियो । शान्तिको विकल्प युुद्धपूर्व र युुद्धपछि पनि भीष्मले देखेका थिएनन् । शान्ति नै राज्यको विकास र उन्नतिको पहिचान हो भन्ने भावना उनमा विद्यमान रहेको थियो तर त्यसो हुन सकेन ।
आज राज्यभन्दा व्यक्ति सर्वौपरी बनेको छ । आफूसित भए पनि उपचारका लागि राज्यको ढुुकुुटी खर्च गर्न चाहन्छ । राजनीति गरेका र गर्न तयार भएका व्यक्ति सम्पत्ति कमाउने दाउ खोजिरहेका हुन्छन् । देशको आर्थिक अवस्था जटिल छ भन्छन् अर्थविद्हरू । नेताले कहिले पनि आफूले खाएको तलबबाट राज्यको आर्थिक अवस्था सुुधारौँ भन्दैन । स्वदेशको उन्नत्तिलाई चाहेर अध्ययन गरिरहेको युुवाशक्ति पलायनमुुखी बनेको छ । यो पलायन राज्यको उन्नतिका लागि होइन । त्यो शक्तिलाई स्वदेशमै रोक्न सक्ने शक्ति नेपालको नेतृत्वले देखाउन सकेको छैन । भीष्मले मर्ने बेलासम्म देश, राज्य र जनताको सुखको कल्पना गरे । हाम्रो देशमा त सेवानिवृत्त भएका नेतालाई समेत पाल्ने र भत्ता दिने व्यवस्था संवेधानिक बनाइएको छ । कसरी हुन्छ हामी र हाम्रो देशको उन्नति ।
भीष्म कमजोर थिएनन् । उनी महारथी थिए । जीवनभर हस्तिनापुरको रक्षाको कसम खाएका थिए । पाण्डवप्रति अन्याय भयो । उनलाई यो जानकारी पूूर्णरूपमा थियो । उनले बोले । राजालाई उचित सल्लाह दिने प्रयास गरे । दिए पनि तर सफल हुन सकेनन् । अन्तिममा अधर्मी र अन्यायी कौरव भए पनि नुुनको सोझो गरे । युुद्धमा जित पाण्डवको चाहे । युुद्ध कौरवका तर्फबाट लडे । मृत्युु शैयामा छट्पटिँदा पनि राज्यको भलो होस्, शान्ति होस्, सबैले सुखपूूर्वक बाँच्न पाऊन् भन्ने चाहे । यही सदुुबुुद्धि नेपालका नेताहरूलाई प्राप्त होस् भन्ने कामनासहित ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच