रास्कोटमा बोलेरो जीप दुर्घटना, चालक घाइते

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 2 mins

कालिकोट । कालीकोटको रास्कोट नगरपालिका–२ को बुढी साइनमा बोलेरो जीप दुर्घटना भएको छ । शनिबार लालीघाटबाट रास्कोट नगरपालिकाको सेराबजार तर्फ जँदै गरेको क.प्र.००२–००१ ज ०५८२ नम्बरको डबल क्याप बोलेरो जीप दुर्घना भएको हो ।

जीप दुर्घटनामा दैलेख जिल्लाको चामुण्डा बिन्दासैनि नगरपालिका वडा नम्बर–९ घर भएका चालक वर्ष ३० का लोकन्द्र थापा सामान्य घाइते भएका छन् । जीपमा सवार अर्का वर्ष २० का डाइमन शाहीलाई केही नभएको प्रहरीले बताएको छ । डबलक्याप भएको बोलेरो जीपकोे अगाडीको टायर फुत्किपछि जीप दुर्घटना भएको काउण्टर इन्चार्ज देवनाथ योगीले जानकारी दिनुभयो । दुर्घटना लगत्तै इन्चार्ज योगीले मुम्रा प्रहरी चौकीलाई खबर गर्नुभएको थियो ।

जीप दुर्घटना भएको खबर लगत्तै मुम्रा प्रहरी चौकीबाट प्रहरी बरीष्ठ हवल्दार दानबहादुर जिसीको कमाण्डमा २ जनाको टोली दुर्घटनास्थल पुगेको थियो । दुर्घटना भएको जीपको अगाडीको सिसा पुरै चर्किएको, ढालाको एङ्गल कुच्चिएको, र ड्राईभर साइडको ढोका सबै फुटेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

जीप शनिबार बिहान साढे ५ बजे दुर्घटना भएको र सडकदेखि करीब ५० मिटर तल झारीमा खसेको प्र्रहरीले बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?