इलाम। मेची राजमार्गअन्तर्गत इलामको रोङ गाउँपालिकास्थित कोल्बुङमा बस दुर्घटना हुँदा ठूलो संख्याका यात्रु घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय इलामका अनुसार धनुषाबाट कन्याम घुम्न आएको बस फर्किँदा रोङ गाउपालिकाको लसुनेमा सडकबाट खसेर दुर्घटना भएको हो ।
धनुषाको जनकपुरबाट विद्यार्थी बोकेर इलामको कन्याम पुगेको र कन्यामबाट फर्कने क्रममा रोङ गाउँपालिका– ३ कोल्बुङमा दुर्घटना भएको थियाे ।
शैक्षिक भ्रमणको शिलशिलामा इलामको कन्याम पुगेर फर्कदै गरेको बस दुर्घटनामा परेको थियाे ।
बसमा सवार ३८ मध्ये सबैजसो घाइते भएको अनुमान गरिएको छ ।
घटनास्थलमा उद्धार कार्य जारी छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच