
हुम्ला । हिमालपारीको गाउँको नामले चिनीने हुम्लाको उत्तरी भेगमा रहेको नाम्खा गाउँपालिका-६ को लिमीको सीमा सुरक्षा प्रहरी चौकी सुनखानीबाट प्रहरी सदरमुकाममा फिर्ता भएको छ । लिमी उच्च भेगमा पर्ने भएकाले दिन प्रतिदिन चिसो बढ्दै जानु र हिउँदमा यस क्षेत्रमा मानिसको आउजाउ नहुने भएपछि प्रहरी चौकी जिल्लामा फिर्ता भएको हो ।
यस क्षेत्रमा चिसो अत्यधिक बढ्दै गएपछि सीमा सुरक्षाका लागि खटिएका प्रहरी जिल्लामा फिर्ता भएको प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । त्यहाँ हाल तापक्रम माइनसमा झरेको छ । चिसो बढ्नुका साथै यस स्थानमा मानिसको आउजाउ कम हुने भएको कारण प्रहरी चौकी सारिएको हो । कुनै पनि घटना नहुँने र हिउदमा प्रहरीलाई रासनपानीको व्यवस्था गर्न पनि समस्या हुने भएको कारण वर्षेनी कात्तिक महिनापछि चौकीमा खटिएका प्रहरीलाई सार्ने गरिदै आएको छ । चौकीका प्रहरी फिर्ता आएपछि चौकीमा ताला लगाएर बन्द गरिएको छ ।
कात्तिक तेस्रो हप्तापछि लिमीको सुनखानीमा रहेको सीमा प्रहरी चौकीका प्रहरी जिल्लामा फिर्ता भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक रमेश खरेललले बताउनुभयो । हिमपात भएपछि न्यालु लेख बन्द हुँदा लिमी आउजाउ बन्द हुने र हिउँदमा चिसोका कारण प्रहरीलाई बस्न कठिन हुने भएकाले चौकी बन्द गरेर प्रहरी जिल्लामा फिर्ता भएका हुन् ।
हिमपातले बाटो बन्द भएपछि मानिस आउजाउ नहुने, मानिसका कुनै पनि चहलपहल नहुने र घटनासमेत नहुने भएकाले पनि प्रहरी चौकीका प्रहरी जिल्लामा फिर्ता भएको हुन् ।
गाउँभन्दा टाढा रहेको कारण चौकीका प्रहरीलाई रासन पानीको व्यवस्था गर्नसमेत कठिन हुने गरेको छ । हाल उक्त प्रहरी चौकीमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा नौ जना प्रहरी रहेको र सबै जना जिल्लामा आइपुगेका छन् ।
यतिबेला जिल्ला फिर्ता भएको प्रहरी वैशाख-जेठमा मात्र चौकीमा फिर्ता हुनेछ । लिमीका वडाध्यक्ष पाल्जोर तामाङले प्रहरी फिर्ता भएपछि चौकीमा ताला लगाएर बन्द गरिएको बताउनुभयो । चौकीको प्रहरी गएपछि लिमीका तीन गाउँमा कुनै घटना भए फोनबाट जानकारी गराउनुको अन्य विकल्प नभएको वडाध्यक्ष तामाङले बताउनुभयो ।
हिउँदको दुई महिना हिमपात बढी हुँदा यस क्षेत्रमा आवतजावत र झै झगडासमेतमा कमी हुने भएकाले प्रहरी फिर्ता भएका हुन् ।
यस्तै चीनसँग सीमा जोडिएको हिल्सा नाकामा हिल्सा प्रहरी चौकी र सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) सिमा सुरक्षा चौकीको टोली चिसो बढेपनि सिमा सुरक्षामै खटिएका छन् । सीमा सुरक्षामा खटिएको प्रहरीचौकी यो वर्ष आजसम्म हिल्साबाट सदरमुकाम सिमकोट सारिए छैन् । प्रहरी चौकी सारिदै आएपनि सशस्त्र प्रहरी प्रहरीको टोली भने हिल्सामै रहँदै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच