
रोम । युरोकप २०२० को उपाधि जितेको इटाली उपाधि रक्षाका लागि पुनः युरोकपमा छनोट भएको छ । युक्रेनसँग सोमबार राती गोलरहित बराबरी खेलेपछि इटाली पुनः छनोट भएको हो ।
फिफा विश्वकपको पछिल्ला दुई संस्करण गुमाएको इटालीले युरोकपमा भने सहभागितालाई निरन्तरता दिन सक्यो । यससँगै युरोकपको हरेक संस्करणमा इटालीले निरन्तरता दिएको छ । सन् २०२१ मा युरोकप जिते पनि पोर्चुगलविरुद्ध प्ले-अफमा हारेपछि इटाली विश्वकप पुग्नबाट वञ्चित भएको थियो ।
उता युक्रेन भने गोलरहित बराबरी भएसँगै युरोकपमा छनोट हुन सकेन । दुवै टोलीले १४ अंकमा छनोट यात्रा समाप्त गरे । तर, हेड टु हेडका आधारमा इटाली छनोट भयो । यी दुई टोलीबीचको पहिलो खेल भने इटालीले २-१ ले जितेको थियो ।
युक्रेन अब युइएफए नेसन्स लिगअन्तर्गतको प्ले-अफबाट छनोट हुने प्रयत्न गर्नेछ । यस समूहबाट इंग्ल्याण्ड १८ अंकसहित समूह विजेता बन्दै छनोट भएको छ ।
एक दिनको खेलमात्र बाँकी रहँदा आयोजक जर्मनीसहित स्पेन, स्कटल्याण्ड, फ्रान्स, नेदरल्याण्ड्स, इंग्ल्याण्ड, इटाली, अल्बेनिया, चेकीया, बेल्जियम, अष्ट्रिया, हंगेरी, टर्की, सर्बिया, डेनमार्क, स्लोभेनिया, स्विट्जरल्याण्ड, रोमानिया, पोर्चुगल र स्लोभाकिया युरोकपमा छनोट भइसकेका छन् । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच