मुगु आगलागीमा ४ करोड बढीको क्षति, राहतका लागि जिल्ला विपत व्यवस्थापन समितीको आग्रह

हिमालय टाइम्स
Read Time = 6 mins

-नृपेन्द्रबहादुर मल्ल
मुगु । मुगु जिल्ला सदरमुकाम गमगढीमा शुक्रबार राति भएको आगलागीमा ४ करोड भन्दा बढीको भौतिक संरचना र धनमाल क्षति भएको प्रहरीले जनाएको छ ।

आईतबार विहान जिल्ला विपत समितीको बैठकमा जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक विरेन्द्र थापाले आगलागीमा ४ करोड भन्दा बढीको भौतिक सम्पती क्षेती भएको रिर्पोट प्रस्तुत गर्नु भएको हो ।

आगलागीमा जलेका घरहरुका घरधनी,त्यहाँ रहेका विभिन्न व्यवसाय गदै आएका व्यवसायी र घर वहालमा बस्नेहरुबाट लिएको मालसामानहरुको भौतिक संरचनाको सूचना र बजार मुल्यको विष्लेषण गरेर अनुमानित क्षती निकालिएको प्रनाउ थापाले बताउनु भयो ।

बैठकमा नेपाल रेडक्रस मुगु शाखाका महामन्त्री रत्न मल्लले पिडित परिवारहरुको तथ्याङ्क प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत तथ्याङ्क अनुसार आगलागीबाट २८ परिवारका ९५ जना परिवार प्रभावित भएका छन । यस्तै आगलागीबाट ८ घर पुर्ण र ३ घर आशिंक क्षती भएको पनि उल्लेख छ । यस्ती आगलागीबाट क्षती भएका घरहरुमा विभिन्न व्यवसाय गदै आएका ९ जना व्यवसायीका पसल र घरभाडामा बस्दै आएका ११ जनाको सामान तथा लत्ता कपडा पनि जलेर खरानी भएको रेडक्रसले प्रस्तुत गरेको रिर्पोटमा उल्लेख गरिएको छ ।

आगलागीबाट प्रभावित परिवार मध्य ४७ जना बालबालिका र ४८ जना अन्य उमेर समुहका रहेका छन् ।

जिल्ला विपत व्यवस्थापन समितीका अध्यक्ष प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाको अध्यक्षतामा बसेको बैठकमा सहभागी विभिन्न गैर सरकारी संघ सस्था तथा सरकारी कार्यालयहरुले आगलागीबाट प्रभावित परिवारहरुलाई आर्थिक तथा जिन्सी राहत सामाग्री सहयोग गर्ने बचनबद्धता व्यक्त गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी थापाले दिएको जानकारी अनुसार हिरिसडेक नेपालले व्यक्तिगत तथा घरायसी सरसफाईका सामाग्री, छायाँ नेपालले खाद्यन्न, यूएमएन कलष्टरले आगलागी भएका घरधनीलाई मात्र ३ लाख बराबरको सहयोग, कणाली सामुदायिक विकास केन्द्रले २ लाख बराबरको सहयोग र हिरिण्डेकले ५० हजार बराबरको सहयोग प्रभावित परिवारलाई गर्नेछन् ।

यस्तै आगलागीबाट प्रभावितहरुलाई साहस नेपालले प्रतिघर बराबर ७ हजारसम्मको खाद्यन्न सहयोग गर्ने र आईएनएफ मुगुले जिल्ला विपत समितीको सहयोगको आग्रह केन्द्रमा पठाउ केन्द्रको निर्णय अनुसार पीडित परिवारलाई सहयोग गर्ने बताएको छ ।
जलेका घरहरुमा कोहि घरधनीले अस्थायी रुपका संरचनाहरु बनाएर बस्ने भए उर्जा तथा सिचाई कार्यालयले अस्थायी शौचालय बनाई दिने, वन डिभिजनले काठ पुर्जीमा सहजीकरण गर्नेछन भने विधुत प्राधिकरण र गमगढी खानेपानी उपभोक्ता समितीसंग निशुल्क मिटर, पानी लाईन जडानका लागी आग्रह गर्ने निर्णय भएको छ ।

बैठकमा सहभागी कणाली प्रदेश सान्सद तथा निवर्तमान वन वातावरण तथा उर्जा मन्त्री जित बहादुर मल्लले क्षती अनुसार प्रस्तुत गरिएका राहत प्रतिवद्धता साहै न्युन भएकाले थप सहयोग, राहत र घरहरु पुर्न निमार्णका लागी कणाली प्रदेश सरकार, स्थानिय तहहरु र संघिय सरकारसंग आग्रह गर्नु पर्ने र सोहि अनुसारको निर्णय गरेर तिनै तहका सरकारलाई जिल्ला विपत समितीले पठाउनु पर्ने सुझाव दिनु भयो । उहाँले भन्नुभया, म पनि प्रदेश राजधानी सुर्खेत जादै छु प्रदेश सरकार,दातृ निकायहरु र अन्य गैर सरकारी र्संघ सस्थाहरुसंग सहयोगका लागी पहल गर्नेछु ।

बैठकमा सहभागी नागरिक समाजका अध्यक्ष रुपबहादुर मल्ल, नेपाल पत्रकार महासंघका अध्यष्क्ष नृपेन्द्र बहादुर मल्लले बर्षेनी मुगु जिल्ला सदरमुकाम आगलागीको चपेटामा पदै आएकाले दिर्घकालिन समाधानका उपाय तिर सरोकारवालहरु लाग्नु पर्ने, बजारमा दमकलको व्यवस्था गर्नु पर्ने,घरहरुमा गुणस्तरीय वाईरिङ्ग गर्न र व्यवसायीहरुलाई पेट्रोल,डिजेल र ग्यासका गोदाम घना घरहरु भन्दा टाढा राख्न लगाउनु पर्ने सुझाव दिनु भयो ।

यसै विच छायाँ नेपाल र हिरिसडेक मुगुले आगलागी पिडित २५ घरपरिवारलाई आईतबार प्रमुख जिल्ला अधिकारी मोहन बहादुर थापाको रोहभरमा सरसफाई सामाग्री र खाद्यान्न राहत स्वरुप वितरण गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?