रुपन्देही । लुम्बिनी प्रादेशिक अस्पताल बिकास समितिका नवनियुक्त अध्यक्ष जीवनप्रसाद वझाले बुधबार पदभारण ग्रहण गर्नु भएको छ ।
पदभार ग्रहण गर्दै अध्यक्ष वझाले स्वास्थ्यकर्मी र कर्मचारीको साथ पाए जस्तोसुकै चुनौतीको पनि मतलब नगरी काम गर्ने उल्लेख गर्नु भयो।
अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, कर्मचारी तथा सम्पूर्ण परिवारको सहयोग र साथमा आफू अघि बढ्ने बताउनु भयो । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका जनताको भविष्यसँगै जोडिएकाले सोही अनुसार अघि बढ्ने प्रतिवद्धता ब्यक्त गर्नु भयो । अस्पताललाई बुटवलबासीको ठूलो गँहनाको रुपमा बिकास गर्न आफ्नो पहल रहने अध्यक्ष वझाको भनाई छ।
उहाँले अस्पतालमा आउने सेवाग्राहीलाई अपनत्व महशुस हुनेगरी व्यवहार गर्न सुझाब दिँदै सम्पूर्ण स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले आ–आफ्नो ठाउँमा जिम्मेवार भएर लाग्न निर्देशन गर्नु भयोे । यसैगरी अस्पतालमा रहेको स्वास्थ्य बिमा कार्यक्रमलाई थप सहज र व्यवस्थित बनाउने गरि अघि बढ्ने बताउनु भयो । आवश्यक जनशक्ति थप गर्ने तथा प्रविधिको व्यवस्थामा आफ्नो प्राथमिकता रहने अध्यक्षको भनाई छ।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयले बुटवललाई स्वास्थ्यको हब बनाउनेगरी सहकार्य गर्न आवश्यक रहेको बताउनु भयो । अस्पतालको बिकाससँग बुटवलको भविष्य जोडिएको उल्लेख गर्दै उहाँले यहाँ सबै सामाजिक संघ–संस्था तथा राजनीतिक दलहरु एक भएर लाग्नु पर्नेमा जोड दिनु भयो।
यसैगरी अस्पतालको भवन निर्माणको काम सर्वोच्चमा परेको मुद्दासँगै रोकिएकाले सहकार्यबाटै त्यसलाई फिर्ता गरेर अघि बढ्नु पर्ने बताउनु भयो ।उहाँले अस्पताललाई नर्सिङ कलेजको रुपमा बिकास गर्नु पर्ने आवश्यकता रहेको उल्लेख गर्नु भयो।। यसो गर्दा ६०० जना बिपन्न बर्गका ब्यक्तिहरुलाई अध्ययनमा सहयोग पूग्ने नगरप्रमुख खेलराज पान्डेको भनाई छ।
बुटवल उद्योग वाणीज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले सेवाग्राहीले महशुस गर्न सक्नेगरि सामान्य तर महत्वपूर्ण कामहरुको सुधारसँगै अघि बढ्न सुझाब दिनुभयो ।अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. सुदर्शन थापाले अध्यक्ष वझालाई स्वागत गर्दै अब नयाँ ढङ्गले अघि बढ्न अस्पताल परिवारलाई थप उर्जा प्राप्त भएको उल्लेख गर्नु भयो।
अस्पतालमा बिकासका लागि एक भएर अघि बढ्न प्रतिवद्ध भएको उल्लेख गर्दै थापाले जनशक्ति व्यवस्थापन, भौतिक संरचनाको व्यवस्था लगायतका समस्या बारे जानकारी गराउनु भयो। कार्यक्रम अस्पतालका प्रशासकीय अधिकृत राजन केसीको सञ्चालन तथा नर्सिङ प्रमुख ज्योति पौडेलको स्वागतमा सम्पन्न भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच