विश्वको पहिलो मिथेनोल-सञ्चालित कन्टेनर जहाजको नाम ‘लौरा मार्क्स’

न्युज एजेन्सी नेपाल
Read Time = 1 min

काठमाडाैं । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन दार लेयनले कोपेनहेगनमा विश्वको पहिलो मिथेनोल-सञ्चालित कन्टेनर जहाजको नाम ‘लौरा मार्क्स’ राख्नुभएको छ ।

उहाँले यात्रा गर्दा सहजता प्रदान गर्न र कार्यहरु सफल बनाउन सञ्चालित कम्पनीलाई आग्रह गर्नुभयो । उहाँले चालक दलका सदस्यहरुमा यसले खुशीयाली ल्याउने विश्वास व्यक्त गर्दै यात्रा गर्ने सबैका लागि सुरक्षित आश्रय हुने बताउनु भयो ।

जहाज डेनमार्कको स्वामित्वमा रहेको सिपिङ कन्सोर्टियम एपी मोलर-मार्क्सको फ्लिटसँग सम्बन्धित छ । यो जहाजले ६५ प्रतिशत प्रदुषण उत्सर्जन कम गर्ने बताइएको छ । मार्क्सले थप २० मिथानोल सञ्चालित जहाजको योजना घोषणा गरेको छ । यी जहाज २०२६ देखि २०२७ सम्म निर्माण भइसकेर सञ्चालनमा आउनेछन् ।

उहाँले यस कार्यमा सबैले सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?