सशस्त्र प्रहरी बल र वाणिज्य बैंकबीच सम्झौता

Read Time = 2 mins

काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय वाणिज्य बैंकबीच सशस्त्र प्रहरी कर्मचारीको हित तथा सुविधाका लागि तलबी बचत खाता सञ्चालन तथा कर्जा कारोबारलगायतका बैंकिङ सुविधा प्रदान गर्ने सम्झौता भएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसी तथा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठको उपस्थितिमा सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा बुधबार आयोजित एक कार्यक्रमबीच सशस्त्र प्रहरी नायब महानिरीक्षक विदुर खड्का र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको बैंकले जनाएको छ ।

सशस्त्र प्रहरी बलमा कार्यरत राष्ट्रसेवकले पाउने तलब भत्ता तथा आर्थिक सुविधा अनिवार्यरूपमा बैंक खातामार्फत् भुक्तानी गर्नुपर्ने सरकारको नीतिअनुरूप सम्झौतासँगै सशस्त्र प्रहरी कर्मचारीले बिनाधितो पाँच वर्षका लागि अधिकतम १५ लाखसम्मको ऋण सुविधा पाउनुका साथै बैंकले प्रदान गरिरहेका अन्य विविध सुविधासमेत पहिलो वर्ष निःशुल्क र त्यसपछि न्यून शुल्कमा उपभोग गर्न पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?