निजगढ विमानस्थल निर्माण रोक्ने सर्वोच्चको फैसलाप्रति प्रदीप ज्ञवालीको प्रश्न: आखिर कसरी र कसको हितमा हुन्छन् यस्ता फैसला ?

Read Time = 3 mins

काठमाडौं । निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन रोक्ने सवोच्चको फैसलालाई लिएर प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेताहरुले आपत्ति जनाउनु भएकाे छ ।

उपमहासचिव समेत रहनु भएकाे एमाले नेता प्रदीपकुमार ज्ञवालीले सर्वोच्चको याे फैसला दुर्भाग्यपूर्ण भएको बताउँदै कार्यकारीको क्षेत्राधिकार अतिक्रमण गर्दै अरु कसैका हितमा किन यस्तो फैसला हुन्छन् भनी प्रश्न समेत गर्नुभएको छ ।

सामाजिक सञ्जालमा उहाँले लेख्नुभएको छ –
निजगढमा अन्तरराष्ट्रिय विमानस्थल बनाउन नपाउने गरी आज सर्वोच्च अदालतले गरेको फैसला दुर्भाग्यपूर्ण छ । यसले कार्यकारीको क्षेत्राधिकार त अतिक्रमण त गरेको छ नै, नेपालको राष्ट्रिय सामर्थ्य र विकासको संभावनामाथि पनि आँच पुर्याएको छ ।
आखिर कसरी र कसको हितमा हुन्छन् यस्ता फैसला?

एमाले नेता योगेश भट्टराईले पनि सर्वोच्चको आजकाे निर्णय अत्यन्तै घातक र प्रतिगामी भएको बताउनु भएको छ ।

सामाजिक सञ्जाल मार्फत उहाँले लेख्नुभएको छ–

निजगढ अन्तरास्ट्रिय विमानस्थलका बारेमा सर्बोच्च अदालतको आजको निर्णय अत्यन्तै घातक र प्रतिगामी छ । नेपालको हवाई उड्डयनको गेम चेन्जर आयोजना र त्यस मार्फत मुलुकको सम्मृद्धिको यात्रामाथिको बलात हस्तक्षेप हो । माननीय न्यायधिशज्युहरु यो निर्णय सच्याउनु होस ।

यसैगरी एमाले नेता तथा विदेश विभाग उपप्रमुख विष्णु रिजालले पनि उक्त फैसलाको विरोध गर्नुभएको छ ।

उहाँले लेख्नुभएको छ–जुन देशमा पॉच जना न्यायाधीशले परमादेशबाट सरकार नै बनाउन सक्छन् भने सरकारले गर्ने एउटा निर्णय पॉच जना न्यायाधीशले गर्नु कुन आश्चर्यको कुरा भयो र ?
अदालतमा सेटिङ ! सेटिङमा अदालत !!
#निजगढ #विमानस्थल

सर्वोच्च अदालतले वातावरणीय दृष्टिकोणबाट निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन रोक्ने फैसला सुनाएको छ ।

न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र डा मनोजकुमार शर्माको बृहत् पूर्ण इजलासले आज उक्त विमानस्थलसम्बन्धी निर्माणसम्बन्धी विवादमा रिट जारी गर्दै निर्माण कार्य रोक्ने फैसला सुनाएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?