काठमाडौं । नेपालको बैंकिङ क्षेत्रका अग्रज व्यक्तित्व एवं प्रतिष्ठित एभरेष्ट बैंकका संस्थापक एवं अध्यक्ष विष्णुकृष्ण(बिके) श्रेष्ठको ९४ वर्षको उमेरमा कात्तिक ६ गते मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको छ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले श्रेष्ठको निधनले नेपालको बैंकिङ क्षेत्रमा अपूरणीय क्षति पुगेको जनाएको छ ।
सिबिफिनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कुशल नेतृत्व क्षमता, नवीन एवं दूरदर्शी सोचलाई नेपालको बैंकिङ क्षेत्रमा लागू गर्दै आउनुभएका श्रेष्ठको निरन्तरको योगदानबाट एभरेष्ट बैंक दिगो, अब्बल र विश्वासिलो बैंकका रूपमा स्थापित हुन सफल भएको छ ।
भारतीय पञ्जाब नेशनल बैंकलाई ज्वाइन भेञ्चरका रूपमा नेपालमा प्रथमपटक सफलतापूर्वक भित्र्याउनुभएका श्रेष्ठको उक्त पहलले बैंकलाई थप उचाइसमेत प्रदान गरेको छ ।’ सिबिफिनले यस दुखद् घडीमा दिवंगत आत्माको चिरशान्तिको कामनासहित भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच