छायाँनाथले चलायो नगरबस, नगरबासी अब बसमा सरर……

हिमालय टाइम्स
Read Time = 6 mins

-नृपेन्द्रबहादुर मल्ल
मुगु । जिल्लाकाे एक मात्र नगरपालिका छायाँनाथ रारा नगरपालिकाले दुईवटा नगर बस सञ्चालनमा ल्याएको छ । छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णुकुमार भामले नगरपालिका भित्रका जनताहरूलाई सार्वजनिक यातायातमा सहज पहुँच पुर्याउने प्रतिबद्धता गरे अनुसार नगरबस सन्चालनमा ल्याएको नगर प्रमुख बिष्णु कुमार भामले बताउनु भयाे ।

भाैगाेलिक रूपमा बिकट रहेकाे मुगु जिल्लामा यातायातको भरपर्दाे साधन नहुँदा जनताहरूलाई नगरपालिका केन्दित आ‌ैषधि उपचार, सरकारी तथा गैर सरकारी कामकाजका साथै आवश्यकिय मालसामानहरू किनमेलका लागि घण्टाै हिड्नु पर्ने बाध्यता छ, यहि कुरालाई मध्यनजर गर्दै जनताकाे आबश्यकता र माग अनुसार सुलभ भाडा दरमा दुई वटा नगर बस सन्चालनमा ल्याएको नगर प्रमुख भामले बताउनु भयाे ।
अहिले २ वटा नगर बस नगरपालिकाले संचालन गरे पनि नगरभित्रका धेरैजसो वडाहरूमा सडक साँघुरो र अब्यवस्थित भएकाले आगामी बर्षमा ब्यबस्थित सडक बनाई सबै वडा बासीलाई समेट्ने गरी थप दुईवटा नगर बस थपेर ४ वटा बस संचालन गरिने छ । बस व्यवस्थित संचालन गर्न भौगोलिक र आथिक कठिनाइका अनेकौ चुनौती भए जनताहरुले आफुले उत्पादन,संकलन गरेका फलफुल,अन्नवाली,तरकारी र जडिवुटी सहजै बजारसम्म लगेर आथिक जिविकोपार्जन गर्न सकोस भनेर नगर बस सन्चालन गरेको प्रमुख प्रसाशकिय अधिकृत पशुपती शाहिले बताउनु भयो । नगरबस संचालन कार्यविधी अनुसार बसमा यात्रा गर्ने जेष्ठ नागरिक,अपाङ्गता भएका नागरिक र गर्भवती आमाहरुलाइ बस भाडामा छुटको व्यवस्था गरेको पनि प्रमुख प्रशासकिय अधिकृत शाहिले जानकारी गराउनु भयो ।

नगरले संचालनमा ल्याएका दुई वटा बसहरू मध्य एउटा बस नगरपालिकाको गमगढी, रुगा, लुम हुँदै बाम सम्मका रुटमा बस चल्नेछ भने अर्को बस गमगढी हुँदै रारा विमान स्थल , टोप्ला, पिना, र राराको सल्लेरीसम्म बस चल्नेछ ।

गमगढि बजारबाट राराकाे सल्लेरी सम्म नगर बस सुलभ भाडादरमा चल्ने भएपछि राराकाे आन्तरिक पर्यटन प्रवर्द्दनमा टेवा मिल्ने नगर उपप्रमुख ऐश्वर्य मल्लले बताउनु भयाे ।

नगरपालिकाले नगर बैठकबाट नगर बसकाे विभिन्न बस्तिसम्मको भाडादर समेत कायम गरिएकाे छ जस अनुसार गमगढी देखि बाम सम्म ३ सय , तुम गाउँ ३० रारा विमानस्थलसम्म १ सय ५०, रारा सल्लेरी २ सय ५० , पिना ३ सय , बालै १ सय रुपियाँ, कोटिला २ सय ,त्यसैगरी फुली सम्म २ सय रुपियाँ सहुलियत भाडा दर कायम गरिएको छ उपप्रमुख मल्लले बताउनु भयो ।

जिल्ला सदरमुकाम गमगढिबाट आफ्ना गाउँ बस्तिसम्म नगर बस चल्ने भएपछि स्थानिय बासीहरू खुशी भएका छन । छायानाथ रारा नगरपालिका वडा न १३ लुमका स्थानिय बास्मती रावत सस्तो भाडादरमा बस चलेकोमा खुशी हुँदै दुई दिन तामझाम भन्दा दिर्घाकालिन रुपमा जनताले सेवा पाउने गरि सुरक्षित सडक बनाइ नगरपालिकाले नियमीत सेवा दिनु पर्ने बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ 'यस अघि गाउमा उत्पादन हुने फलपुल,अन्नवाली ,तरकारी गमगढी बजार विक्री गर्न लिन बोकेर ३ घण्टा हिडनु पर्थ्यो कि निजि जिपलाइ १२ सय तिर्नु पर्थ्यो । यसरी भाडा तिर्दा विक्रीबाटको आम्दानी भन्दा भाडा चर्को हुन्थ्यो ।'

बाम गाउका अर्का स्थानिय गाउका धामी चन्द्र बहादुर बढुवाल गाउमा बस चलेकाले अब गाउलेहरुले राम्रो आम्दानी बढने र १४ वडामा रहेका पर्यटकिय ठाउहरु चन्खेली हिमाल,दूध ताल, पाटन तथा हिमालहरुमा पर्यटकहरु आउने विश्वास गर्नु भयो ।'स्थानिय चुनावको प्रचारका बेला मेयर विष्णुकुमार भाम र उपमेयर ऎश्वर्या मल्ल गाउँमा आउँदा आफुहरुले जिते नगरका दुर्गम गाउँहरुमा सहुलियत भाडामा बस चलाउछौँ भन्दा विश्वास लागेको थिएन आज आफ्नै आँखा अगाडि बस चलाउनु भयो । बचनका पक्का हुनुहुँदो रहेछ ।'  स्थानिय चन्द्रबहादुर बढुवालले सुनाउनु भयो ।

विहिवार दुबै नगरबसमा अथितिहरुलाइ चढाएर बाम गाउमा पुगि नगरबस संचालनको उद्घाटन गरिएको थियो । संघीय सांसद ऎन बहादुर शाहहीले बाम गाउँमा पुगेका नगरबसहरुलाई पूजा र व्यानर बाचन गरेर उद्घाटन गर्नु भएको थियो ।

३० सिट क्षमताका २ वटा नगर बसको खरिद मूल्य ८३ लाख परेको नगरपालिकाले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?