केन्यामा बाढीका कारण ४६ जनाको मृत्यु

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

एजेन्सी । केन्यामा बाढीका कारण ४६ जनाको मृत्यु भएको छ ।

केन्यामा अल निनो वर्षाका कारण कम्तिमा ४६ जनाको मृत्यु भएको छ भने हजारौं बिस्थापित भएका छन् । आन्तकि क्याबिनेट सचिव किथुरे किन्डिकीले अधिकांशको मृत्यु बाढीका कारण भएको बताउनु भयो ।

सबैभन्दा बढी पभावित क्षेत्रहरू उत्तरी केन्याको वाजिर, गारिसा र मन्डेराका साथै पूर्वीमा माकुएनी, कितुई पश्चिमी केन्याको होमा खाडी किसुमु रहेका छन् ।

केन्या सरकाले गारिसा, कितुई ताना नदी नामक तीन काउन्टीहरूमा नयाँ अलर्ट जारी गरेको छ । ताना र आठ नदी विकास पाधिकण (टार्डा)ले लगातारको अविरल वर्षाका काण दुईवटा जलाशयमा पानीको बहाव पाँच मिटरभन्दा माथि पुगेको र कुनैपनि बेला थप बाढी आउन सक्ने चेतावनी दिएको छ ।

केन्याको मौसम विभागले जनवरीसम्म वर्षा हुने आँकलन गरेको छ ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?