असन्तुष्ट पेट्रोलियम व्यवसायी संगठित

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । पेट्रोलियम व्यवसायी विभाजित भएका छन् । पेट्रोल पम्प व्यवसायीको छाता संस्था पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन फुटेको हो ।

एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले नेतृत्व गरेको कार्यसमितिले व्यवसायीको हक, हितमा काम गर्न नसकेको आरोप लगाउँदै धादिङस्थित निर्वेश्वर आयलका सञ्चालक केदारप्रसाद पाठकको अध्यक्षतामा ‘पेट्रोलियम व्यवसायी संघ नेपाल’ गठन गरिएको छ । नवगठित संघको महासचिवमा आत्माराम थापा हुनुहुन्छ ।

थापाका अनुसार पम्प व्यवसायीको छाता संगठन भएर गर्नुपर्ने काम, कर्तव्य एसोसिएसनले पूरा गर्न नसक्दा असन्तुष्टि बढ्दै गएको थियो । विगत आठ वर्षदेखि एसोसिएसनको नेतृत्वमा रहनुभएका अध्यक्ष प्रधानले भने सबै पम्प व्यवसायीको हितमा काम गरिरहेको दाबी गर्दै केही साथीहरूमा असन्तुष्टि देखिए पनि समाधानका लागि पहल गरिने बताउनुभएको छ । एसोसिएसनमा देशभरका १५ सय व्यवसायी आबद्ध थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?