तोलामा ९०० रुपैयाँ घट्यो सुनको मूल्य

Read Time = 2 mins

काठमाडौ । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा ९०० रुपैयाँ घटेको छ । महासंघले आजको मूल्यसूची तय गर्दै मंगलबारको तुलनामा प्रतितोला ९०० रुपैयाँ घटेको जनाएको हो ।

यससँगै, बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ८०० रुपैयाँ कायम छ । मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ७०० रुपैयाँ कायम थियो । यस्तै, बुधबार तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार २५० रुपैयाँ कायम छ ।

म‌ंगलबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको थियो । सोमबारको तुलनामा ३०० रुपैयाँले बढेर सुनको मूल्य कारोबारमा आएको महासंघले जनाएको थियो । तर, बुधबार एकै दिन तोलामा ९०० रुपैयाँले घटेर कारोबारमा आएको हो ।

यस्तै, बुधबार चाँदीको मूल्य समेत २५ रुपैयाँले घटेको छ । यससँगै, चाँदीको मूल्य तोलामा १४ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि, चाँदीको मूल्य तोलामा १४ सय ५० रुपैयाँ तोकिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?