सहरमा माग बढेपनि गाउँमा घट्दै कोदो खेती

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 3 mins

म्याग्दी । हिमाली जिल्ला म्याग्दीमा वर्षेनी कोदो खेती गर्ने क्रम घट्दै गइरहेको छ । केही समय पहिलेसम्म मालिका,मंगला,रघुगंगा,अन्नपूर्ण,धौलागिरि र बेनी नगरपालिकाका सबै गाउँहरुमा प्रशस्त कोदो खेती हुन्थ्यो । तर आजकल कोदो खेतीप्रति किसानहरुको मोह घट्दै गएको छ ।

म्याग्दीका किसानहरुले लगाएको कोदो प्रशस्तै मात्रामा फल्ने गरेको थियो । उत्पादन धेरै भएपनि बिक्रि हुन छाडेपछि किसानहरु कोदो खेतीप्रति निरुत्साहित हुँदै गएका हुन् । कोदोका परिकारको विविधिकरण र बजारीकरणमा देखिएको समस्याले किसानहरु कोदो खेतीप्रति आकर्षित हुन छाडेका कृषकहरुले बताएका छन् ।

म्याग्दीको ग्रामिण क्षेत्रको जमिन कोदो खेतीका लागि निकै उपयुक्त मानिन्छ । तर त्यहाँका किसानले कोदो खेतीलाई भने उपयुक्त मान्न छाडेका छन् । त्यसैले अहिले कोदोका लागि योग्य जमीन त्यस्सै बाँझै छाडेका छन् ।

कोदोमा मानव स्वास्थ्यको लागि अत्यावश्यक पौष्टिक तत्व भरपुर मात्रामा पाइन्छ । जसकारण बेनी,पोखरा,काठमाडौंलगायतका सहरी क्षेत्रमा कोदोको माग बढ्दै गएको छ । तर, उपयुक्त बजारसम्म पहुँच नभएपछि कोदोबारी बाँझै छाड्न किसान वाध्य भएका हुन् ।
कोदो खेती विस्तार र संरक्षणमा सम्बन्धित निकायले खासै ध्यान नदिएको किसानको आरोप छ । प्रदेश र स्थानीय सरकारले समेत स्थानीय उत्पादनको बजार व्यवस्थापन र व्यावसायिकरणका लागि कुनै योजना नै बनाएको छैनन् ।

म्याग्दीका ६ वटै स्थानीय तहमा कोदोको राम्रो उत्पादन हुन्छ । थोरै बिउमा समेत धेरै उत्पादन गर्न सकिने कोदो पाखो जमिनमा लगाउने गरिन्छ । अहिलेसम्म व्यावसायीक रुपमा कोदो खेती गर्ने किसान छैनन् । खानका लागि मात्र उत्पादन गरिने गरेको छ ।

तर, उर्वर माटोका कारण थोरै बिउमा रोपिए पनि कोदो धेरै फल्छ । खाएर मात्रै सकिँदैन । बेच्ने बजार नै छैन । भएको बजारसम्म पुग्न र पु¥याउन यातायातको सुविधा समेत नहुँदा कोदो खेतीप्रति आकर्षण घटेको देविस्थानका कृषक टीका बूढाले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?