एउटै व्यक्तिले बैंक र उद्योगमा लगानी गर्दा अर्थतन्त्रमा समस्या देखियाे : नेता कोइराला

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 3 mins

विराटनगर । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले एउटै व्यक्तिले बैंक र उद्योगमा लगानी गर्दा अर्थतन्त्रमा समस्या देखिने गरेको बताउनु भएको छ ।

नेता कोइरालाले बैंक र उद्योगका लगानीकर्ता बेग्ला बेग्लै हुनु पर्नेमा समेत जोड दिनुभयो । विराटनगर स्थित कोइराला निवासमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता कोइरालाले यस्तो बताउनु भएको हो । “बैंकमा नि त्यही व्यक्तिले लगानी गरेको छ अनि उद्योगमा पनि त्यही व्यक्ति,” कोइरालाले भन्नुभयो “नेपालका नाम चलेका र ठूला औद्योगिक घरानाले बैंक चलाएका छन् । बैंक र उद्योग सञ्चालन गर्ने फरक व्यक्ति नभएसम्म अर्थतन्त्रमा समस्या आइरहन्छ ।” एउटै व्यक्तिले दुवैतर्फ लगानी गर्दा उद्योगी व्यवसायीहरू समस्यामा पर्ने गरेको कोइरालालको धारणा रहेको छ । उद्योगी व्यवसायीले बैंकको ब्याज घटाउन जतिसुकै माग गर्दा पनि ब्याज नघट्नुका कारण पनि त्यही हो, कोइरालाले भन्नुभयो सरकारले उद्योगीलाई बैंक सञ्चालन गर्न नदिने नीति बनाउनुपर्छ ।

देशको अर्थतन्त्र समस्याग्रस्त हुँदा पनि बैंकहरूले नाफा आर्जन गर्न सफल भएको बताउँदै कांग्रेस नेता कोइरालाले समस्याको बेला थोरै नाफा कमाएर सेवा प्रवाह गर्नु पर्ने बताउनुभयो । एक अंकको ब्याजदर कायम नभएसम्म उद्योग व्यवसाय नफस्टाउने जिकिर कोइरालाको थियो । अहिले देशभरका ३० प्रतिशत सटरहरू खाली भएको भन्दै कोइरालाले आर्थिक समस्या समाधान गर्न सरकार गम्भीर नभएको आरोप समेत लगाउनु भयो । बैंकहरूले साना तथा मझौला उद्योगलाई सहजै ऋण समेत प्रवाह नगर्ने गरेको भन्दै कोइरालाले भन्नुभयो, “अझै पनि किसान, साना व्यवसायीले सहजै ऋण पाउँदैनन्, ।” किसानले पाउने अनुदानमा पनि ठूलाबडा र पहुँचवाला कै हालीमुहाली हुन्छ ।

देशको अर्थतन्त्र सुधार गर्न सबै दलहरू एकठाउँमा उभिनु जरुरी रहेको कोइरालाले भनाई छ । मुलुकमा पटकपटक राजनैतिक परिवर्तन भए पनि जनताको जीवनस्तरमा परिवर्तन आउन नसकेको भन्दै कोइरालाले चिन्ता समेत व्यक्त गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?