काठमाडौं । पूर्वधावक एवं गीतकार बुद्धवीर लामा बेलायतमा नगदसहित सम्मानित हुनुभएको छ । नेपाली खेलकुद र सांगीतिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै लामालाई बेलायतको अल्डर्सटमा आयोजित एक कार्यक्रमबीच इलाम समाज बेलायतले सम्मान गरेको हो ।
समाजका अध्यक्ष टेकवीर राईले लामालाई चार हजार ४०७ पाउण्ड (सात लाख ३५ हजार ३५२ रुपैयाँ) नगदसहित प्रशंसापत्र प्रदान गरी सम्मान गर्नुभयो । अल्डर्सटमा लामाकै नाममा भएको बुद्धवीर लामा बाह्रौँ गीतिमय साँझबाट संकलित रकममध्येबाट खर्च कटाएर बचेको रकम सम्मानस्वरूप लामालाई प्रदान गरिएको हो ।
लामाले सम्मानबापत प्राप्त रकम नेपालका दुर्गम क्षेत्रका खेलाडीलाई सहयोग गर्ने र केही रकम अनाथालय, वृद्धाश्रम र अपांग केन्द्रलाई पनि सहयोग गर्ने बताउनुभयो । यसअघि पनि उहाँले जुम्लाका धावकहरूलाई टिसर्ट र खेल सामग्री सहयोग गर्नुभएको थियो ।
लामाले ताइवान र जापानमा भएको एसियाली भेट्रान एथलेटिक्सको पाँच हजार मिटर दौडमा क्रमशः छैटौँ र दशौंँ स्थान हासिल गर्नुभएको थियो । बेलायतमा लामाको यो पहिलो गीतिमय साँझ हो । १० औँ संस्करण अमेरिकामा भएको थियो भने बाँकी नेपालमै भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच