एमालेले बाेलायाे संसदीय दलको बैठक

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको बैठक आह्वान गरेको छ ।

बुधबार प्रतिनिधिसभाको बैठक बस्ने तयारी भइरहेका बेला एमालेले मध्यान्ह १२ बजे बस्नेगरी संसदीय दलको बैठक बोलाएको हो । प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्दैछ ।

प्रतिनिधिसभा बैठकमा पार्टीले खेल्नुपर्ने भूमिकाका विषयमा छलफल गर्न दलको बैठक बोलाइएको हो । विशेषगरी १०० किलो सुन बरामदबारे पार्टीले उठाउनुपर्ने विषयका सम्बन्धमा बैठकमा छलफल हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?