प्रकाश न्यौपाने
नवलपरासी । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नं ३ कुश्माकी सकिना फातिमा अन्सारी २४ वर्षको उमेरमै नेपाली काग्रेंसबाट उपाध्यक्ष पदका लागी उम्मेदवारी दिनु भएको छ ।
सानैदेखि विभिन्न संघ सस्था र राजनीतिका साथै शिक्षण संस्थामा सेवा गर्दै आएउनु भएकि अन्सारीले वैशाख ३० गते हुने स्थानिय निर्वाचनका लागि आफ्नो उम्मेदवारी दर्ता गराउनु भएको छ ।
सानैदेखि समाजसेवा गर्दै आउनु भएकी अन्सारीले राजनीतिक पदमा बसेर जनतालाई निःस्वार्थ समाजसेवा गर्ने बताउनु भयो । आफैं पीछडिएको समुदायकी युवती भएकाले पिछडिएको समुदायका लागि केही गर्न सक्छु भन्ने लागेर उम्मेदवारी दिएको अन्सारीले बताउनु भयो ।
युवाहरूको जोश र जाँगरले मात्रै विकासमा गतिशिलता आउने भन्दै स्थानीय तहमा युवाहरू नै जनप्रतिनिधिको रूपमा आउनुपर्ने आफ्नो आजको आवस्यकता रहेको उहाले बताउनु भयो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच