जुम्लामा बञ्चरो प्रहारबाट महिलाको हत्या

विजय रावत जुम्ला, संवाददाता
Read Time = 1 min

जुम्ला । जुम्लामा बञ्चरो प्रहारबाट एक जनाको मृत्यु भएको छ ।

जिल्लाको कनकासुन्दरी गाउँपालिका –३ ओखरपाटकी अन्दाजी ३५ बर्षकी अमृता बुढाको हत्या गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सुचना अधिकारी उमेश चन्दले जानकारी दिनुभयो ।

सोही वडाका अन्दाजी २३ बर्षका श्यामबहादुर बुढाले बञ्चरो प्रहार गरेर अमृता बुढाको शुक्रवार अन्दाजी १२ः३० बजे हत्या गरिएको सुचना अधिकारी चन्दले बताउनुभयो ।

घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी सहायक निरीक्षक गणेशबहादुर रावलको नेतृत्वमा घटनाको थप अनुसन्धानका लागि घटनास्थलतिर प्रहरी गइसकेको छ ।

प्रहरीका अनुसार बञ्चरो प्रहार गरेर हत्या गर्ने व्यक्ति समेत प्रहरीले समातिसकेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?