काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपालले टस हारेको छ । नामिबियाका कप्तान जेरार्ड इरासमसले टस जितेर पहिले बलिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको छ ।
आज नेपालले करण केसीलाई खेलाएको छ । पछिल्लो खेलबाट गुलशन झा बाहिर छन् ।
दोस्रो खेलमा विश्वकप खेलेर आएको नेदरल्याण्ड्सलाई ९ विकेटले हराएको नेपाल नामिबियाविरुद्ध उच्च मनोबलका साथ मैदानमा हुनेछ।
लिग-२ मा नेपालसहित ८ देश नेदरल्याण्ड्स, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका सहभागी छन्। अहिले नामिबिया र नेदरल्याण्ड्स नेपाल भ्रमणमा छन्
आईसीसीका अनुसार लिग–२ मा शीर्ष ४ स्थानमा रहने टिम विश्वकप क्वालिफायरमा छनौट हुनेछन् भने पछाडि रहेका ४ देशले विश्वकपमा छनौट हुने अवसर पाउने छन्।
लिग२ को जारी त्रिकोणीय सिरिजमा सहभागी तिनै देशले आफ्ना २/२ खेलमा एक एक खेल जितेका छन् । सिरिजको पहिलो खेलमा नेपालले नामिबियासँग ४ विकेटको हार बेहोरेको थियो । त्यसपछि नेपालले नेदरल्याण्डसमाथि शानदार जित हासिल गर्दै सिरिजमा पुनरागमन गरेको थियो । त्यस्तै नामिबिया भने आफ्नो दोस्रो खेलमा नेदरल्याण्डससँग पराजित भएको थियो ।
नेपाल र नामिबियाबीच अहिलेसम्म ७ वटा एकदिवसीय खेल भएका छन् । जसमा नामिबियाले ४ खेल जितेको छ भने नेपालले २ खेलमा जित हासिल गरेको छ । त्यस्तै एक खेलको नतिजा आएको छैन ।
नेपालको टोली
रोहित पौडेल (कप्तान), आसिफ शेख, देव खनाल, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, करण केसी, सोमपाल कामी, ललित राजवंशी
बेन्च : आरिफ शेख, पवन सर्राफ, सूर्य तामाङ, गुलशन झा
नामिबियाको टोली
जेरार्ड एरास्मस (कप्तान), जेन ग्रिन (विकेटकिपर), जेजे स्मिट, माइकल भान लिंगेन, निकोल लोफ्टि(इटन, जान फ्रिलिंक, रुबेन ट्रम्पलम्यान, निको डाभीन, ज्याक ब्रासेल, बर्नार्ड स्कोल्ज, जेपी कोट्जे
बेन्च : मलान क्रुगर, बेन शिकोंगो, सन फौसी, टांगेनी लुंगामेनी
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच