आमा बन्दै दीपिका पादुकोण

हिमालय टाइम्स
Read Time = 2 mins

नयाँ दिल्ली । बलिउड अभिनेत्री दीपिका पादुकोण आमा बन्ने भएकी छन् । दीपिका पादुकोण र रणवीर सिंहको नजिकका एक स्रोतले अभिनेत्री गर्भवति रहेको खबरको पुष्टि गरेका हुन् ।

लण्डनमा आयोजित ७७ औं बाफ्टा अवार्ड समारोहमा बलिउड अभिनेत्री दीपिका पादुकोणले पटक पटक साडीले पेट लुकाउने प्रयास गरिरहेकी थिइन् । त्यसपछि दीपिका गर्भवति भएको र आफ्नो बेबी बम्प लुकाउने प्रयास गरेको अफवाह उड्न थाल्यो । यिनै अफवाहहरूबिच

सिंह दम्पत्ति निकट स्रोतले द वीक पत्रिकालाई दिएको अन्तर्वार्तामा उनीको गर्भधारण पुष्टि गरेका हुन् । दीपिका गर्भवती भएको ४ महिनाभन्दा बढी भइसकेको बताइएको छ । बाफ्टा समारोहमा दीपिका प्रस्तोताको रुपमा सहभागी भएकी थिइन् । यो समारोहमा उनले डिजाइनर सब्यसाचीले डिजाइन गरेको झिलिमिली साडी लगाएकी थिइन् । समारोहमा खिचिएका दीपिकाका धेरै तस्बिर भाइरल भएका थिए ।

दीपिका पादुकोणले सिंगापुर भोगलाई दिएको अन्तर्वार्तामा २ महिनाअघि छिट्टै परिवार सुरु गर्ने इच्छा व्यक्त गरेकी थिइन् । कुराकानीका क्रममा उनलाई आमा बन्ने योजनाबारे सोधिएको थियो । यसबारे दीपिकाले भनेकी थिइन्, ‘पक्कै, रणवीर र म दुबैलाई बच्चाहरू निकै मन पर्छ । हामी दुबै त्यो दिनको पर्खाइमा छौँ, जुन पदन हामी आफ्नो परिवार शुरु गर्नेछौं ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?