युट्युबमा चन्द्रयान–३ को लाइभ स्ट्रिमिङले बनायो बिश्व रेकर्ड

हिमालय टाइम्स
Read Time = 2 mins

बैग्लौंर । भारतले फेरि इतिहास रच्यो । भारतको चन्द्रयान–३ ले बुधबार चन्द्रमामा सफल अवतरण गरेको छ । योसँगै भारत चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्ने विश्वको पहिलो देश बनेको छ ।

योसँगै इसरोको लाइभ स्ट्रिमिङ लिङ्कले पनि य टयुबमा इतिहास रच्यो। चन्द्रयान–३ को अवतरणको लाइभ स्ट्रिमिङ युट्युबको इतिहासमा सबै रेकर्ड तोड्दै ८.०६ मिलियन मानिसले एकै साथ हेरेका थिए।

युट्युबमा यसअघि रेकर्डलाई चन्द्रयान–३ को लाइभ स्ट्रिमिङले बुधवारवाट पछाडी पारेको छ । ब्राजिल– कोरियाको फुटबल खेलको लाइभ स्ट्रिमिङ ६.१५ मिलियन मानिसले एकैसाथ हेरेका थिए, जुन रेकर्ड हिजो तोडिएको थियो । त्यसैगरी तेस्रो नम्बरमा रहेको ब्राजिल र क्रोएसियाबीचको फुटबल खेललाई ५२ लाख मानिसले एकै साथ हेरेका थिए ।

इसरोको आधिकारिक युट्युब च्यानलमा चन्द्रयान–३ को अवतरण हुनुअघि सब्सक्राइबरको संख्या २.६ मिलियन अर्थात २६ लाख थियो, जुन सफल अवतरण पछि बढेर ३५ लाख पुगेको छ ।

अवतरणको प्रत्यक्ष प्रसारण करिब एक घण्टा ११ मिनेटसम्म चल्यो र इशरो ले एक घण्टामा नौ लाख सदस्यहरू प्राप्त गर्यो। इशरो को प्रत्यक्ष प्रसारण एकै साथ हेरेका सदस्यहरूको संख्या तीन गुणा भन्दा बढीसमेत रहयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?