नवलपरासीमा लागु औषधसहित दुई जना भारतीय नागरिक पक्राउ

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 2 mins

नवलपरासी । नवलपरासी प्रहरीले लागु औषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले रामग्राम नगरपालिका वडा नं। ०५ वाईपासबाट उनिहरूलाई लागू ओैषध सहित गरेको हो।

जिल्ला प्रहरी कार्यालय नवलपरासी बाट विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले UP 56  Q 2872 नं.को मोटरसाईकलमा प्लाष्टिकको बोराको झोला लुकाई छिपाई ल्याईउदै गरेको र चेकजाँचको क्रममा पक्राउ दुई जनालाई लागू ओैषध सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका डिएसपी रेशम बोहराले बताउनु भयो । उहाका अनुसार लागू ओैषध सहित दुई जना भारतीय नागरिकलाई पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा भारत जिल्ला महाराजगंज बर्गदवा बस्ने बर्ष ३२ को ईस्तेक अन्सारी र बर्ष १८ को प्रिन्स हरिजनलाई चेकजाँच गर्ने क्रममा प्रिन्स हरिजन रहेको प्रहरीले जनाएको छ ।

उनिहरूको साथबाट नाईट्रोभेट ५० पत्ता १५०० ट्याब्लेट र ईस्पास्मो ३५७० लागू ओैषध बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।उनिहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भेैरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?