काठमाडौं । हाम्रो भान्सामा मसलाका रूपमा प्रयोग हुने धेरै चिजहरू स्वास्थ्यका दृष्टिकोणले पनि अत्यन्तै फाइदाजनक रहेका छन् । हामीले जानेर वा नजानेर यी चिजहरूको प्रयोग गर्दै आएका छौँ । आउनुहोस् यहाँ चर्चा गरौँ, यस्तै एउटा मसला सुकमेलको । यो नियमित भान्सामा प्रयोगमा आउने भए पनि यसका धेरै फाइदाबारे सबैलाई जानकारी नहुन सक्छ । यसले हाम्रो खानाको स्वादमात्र बढाउँदैन, धेरै समस्याहरूमा पनि राहत दिन्छ । सुकुमेल धेरै खानु पनि हानिकारक मानिन्छ । स्वास्थ्यका लागि लाभदायी छ भनेर सुकुमेल धेरै खानुहुन्छ भने यो पनि तपाईंका लागि राम्रो हुँदैन । हरेक दिन दुईदेखि तीनवटासम्म सुकुमेल सेवन गर्नु स्वास्थ्यका लागि लाभदायी मानिन्छ ।
एक सय ग्राम सुकुमेलमा इनर्जी ३०० क्यालोरी, कार्बोहाइड्रेट ५८ ग्राम, प्रोटिन ११ ग्राम, फाइबर २८ ग्राम पाइन्छ भने कोलेस्टेरोलको मात्रा शून्य हुन्छ । यो भिटामिन र सूक्ष्म पोषक तत्वले भरपुर हुन्छ । यसमा नियासिन, पाइरिडोक्सिन, रिवोफ्लाभिन, थियामाइन, भिटामिन ‘ए’, भिटामिन ‘सी’, सोडियम, पोटासियम, क्याल्सियम, कपर, आइरन, म्याग्नेसियम, फोस्फोरस र जिंक जस्ता धेरै पोषक तत्वहरू पाइन्छ । यतिमात्र होइन, सुकुमेलमा एन्टिअक्सिडेन्ट र डाइयुरेटिक गुण पनि हुन्छ । जसले तौल बढ्नेदेखि रक्तचापसम्म नियन्त्रण गर्न मद्दत गर्ने विभिन्न खोज अनुसन्धानबाट पुष्टि भएको छ ।
१०० ग्राम सुकुमेलमा इनर्जी ३०० क्यालोरी, कार्बोहाइड्रेट ५८ ग्राम, प्रोटिन ११ ग्राम, फाइबर २८ ग्राम पाइन्छ भने कोलेस्टेरोलको मात्रा शून्य हुन्छ । यो भिटामिन र सूक्ष्म पोषक तत्वले भरपुर हुन्छ । यसमा नियासिन, पाइरिडोक्सिन, रिवोफ्लाभिन, थियामाइन, भिटामिन ‘ए’, भिटामिन ‘सी’, सोडियम, पोटासियम, क्याल्सियम, कपर, आइरन, म्याग्नेसियम, फोस्फोरस र जिंक जस्ता धेरै पोषक तत्वहरू पाइन्छ । यतिमात्र होइन, सुकुमेलमा एन्टिअक्सिडेन्ट र डाइयुरेटिक गुण पनि हुन्छ । जसले तौल बढ्नेदेखि रक्तचापसम्म नियन्त्रण गर्न मद्दत गर्ने विभिन्न खोज अनुसन्धानबाट पुष्टि भएको छ ।
धेरैजसो सुकुमेल परिकारमा स्वाद र सुगन्धका लागि प्रयोग गरिन्छ । यसलाई माउथ फ्रेसनरका रूपमा पनि प्रयोग गरिन्छ । प्राकृतिक माउथ फ्रेसनर भएकाले यसलाई दैनिक खाँदा सासको दुर्गन्ध हट्छ ।
यदि तपाईं चम्किलो र गोरो छाला प्राप्त गर्न चाहनुहुन्छ भने सुकुमेल यसका लागि पनि उपयोगी साबित हुनेछ । यसको प्रयोगले तपाईंको अनुहारको दागमात्र कम गर्दैन, तपाईंको छालामा पनि सुधार ल्याउनेछ । यसको धुलोमा थोरै मह मिसाएर अनुहारमा लगाउनाले प्रभाव देखा पर्नेछ ।
यदि तपाईं अपच, ग्याँस, एसिडिटी र कब्जियत जस्ता समस्याबाट पीडित हुनुहुन्छ भने सुकुमेल यसका लागि निकै फाइदाजनक हुन्छ । खाना खाएपछि तुरुन्तै यसको सेवन गर्नाले एसिडिटीको समस्याबाट राहत मिल्छ ।
सुकुमेलको दैनिक उपभोग तपाईंको शरीरलाई डिटोक्स गर्न धेरै प्रभावकारी हुनेछ । नियमितरूपमा सुकुमेल खाँदा शरीरमा रहेको विषाक्त पदार्थलाई बाहिर निकाल्न मद्दत गर्छ । यस्तो अवस्थामा शरीर डिटोक्सका कारण यसको प्रभाव अनुहारमा पनि देखिनेछ । यसले तपाईंको छाला सफामात्र गर्दैन, तपाईंको अनुहारमा समेत चमक ल्याउनेछ ।
मुखको अल्सर एक सामान्य समस्या हो, जसले प्रायः धेरै मानिसहरूलाई सताउँछ । पेटको समस्याका कारण धेरै पटक मुखमा सेतो घाउ आउन थाल्छ । यी फोकाहरू यति पीडादायी हुन्छन् कि खान वा बोल्न पनि गाह्रो हुन्छ । यदि तपाईं पनि यसबाट पीडित हुनुहुन्छ भने यसका लागि सुकुमेल धेरै प्रभावकारी हुनेछ । सुकुमेलको धुलोमा चिनी मिसाएर मुखमा राख्नाले फाइदा हुन्छ ।
दम, खोकी, रुघाखोकीजस्ता समस्या भएका व्यक्तिहरूलाई पनि सुकुमेलको सेवनले फाइदा पुर्याउँछ । नियमितरूपमा सुकुमेलको प्रयोग फोक्सोका लागि पनि धेरै राम्रो मानिन्छ । सुकुमेलले फोक्सोमा रक्तसञ्चारमा सुधार गर्छ । यसको सेवनले मुटुको समस्याबाट पनि टाढा राख्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच