
सानैदेखि गीतसंगीत भनेपछि हुरुक्कै हुने सुरेन गौतमको सांगीतिक यात्रा झागिँंदै गएको छ । पुख्र्यौली घर अर्घाखाँची भए पनि सुरेनले स्कुल र आई.एस.सी सम्मको अध्ययन पाल्पाको तानसेन बसेर पूरा गर्नुभयो । उच्च शिक्षा अध्ययनका लागि चितवन, त्यसपछि जर्मनी र हाल थप अध्ययनका लागि अमेरिकाको टेक्सासमा हुनुहुन्छ उहाँ । सुरेनले पहिलो पल्ट-२०६० सालमा ‘तुसारो’ बोलको गीत रेकर्ड गराएर यो क्षेत्रमा होमिनुभएको हो । उहाँका ‘प्रनभ’, ‘शुभजीवन’ जस्ता सांगीतिक एल्बम बजारमा ल्याइसक्नु भएको छ । यतिबेला एल्बम ‘सुर-संगीत’ श्रोता÷दर्शकमाझ ल्याउने तयारीमा हुनुहुन्छ उहाँ । ५० भन्दा धेरै गीत श्रोता/दर्शकमाझ ल्याउनुभएका गौतमले यस वर्ष बुबाप्रति समर्पित गीत ‘बा आकाश हुन्’ भन्ने गीतबाट चौथो ओएस नेपाल म्युजिक अवार्ड-२०८० मा सर्वोत्कृष्ट आधुनिक गीतमा अवार्ड प्राप्त गर्न सफल हुनुभएको छ । दुई दशकदेखि निरन्तर यो क्षेत्रमा आफ्ना क्रियशन पस्किरहनुभएका गायक सुरेन गौतमसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको संवादको संक्षिप्त अंशः-
पछिल्लो समय के गर्दै हुनुहुन्छ ?
उच्च अध्ययनका लागि विदेश आएको छु, त्यसैले अध्ययनमै बढी केन्द्रित छु । यद्यपि गीतसंगीत मेरो प्यासन भएका कारणले समय मिलेको बेला नयाँ सिर्जना गरिरहेकै छु । अमेरिका आएको एक वर्षभित्र दुईवटा म्युजिक भिडियो पनि निकाले र सन्जोग दुवै गीतले फरक–फरक विधामा अवार्ड जित्यो । लोकपप र आधुनिक विधामा ।
कस्तो लागिरहेको छ ?
आफूले गरेको मिहिनेतको फल पाउँदा त अवश्य खुशी लाग्ने नै भयो । नेपाली संगीतमा मेरो पनि पहिचान बन्दै छ भन्ने आभाष भयो तर यो त्यतिकै ‘ओभरनाइट’ प्राप्त भने भएको छैन । अझ संगीतमा धेरै ज्ञानको अभाव छ त्यो ‘साइडबाई साइड’ सिक्दै, गर्दै जान्छु । त्यसरी नै अगाडि बढेको छु ।
म विगत २० वर्षदेखि गीतसंगीतको क्षेत्रमा निरन्तर छु । यो समयसम्म आइपुग्दा मैले आफूमा रहेको क्षमतालाई भरपूर प्रस्तुत गर्न भने पाएको छैन । अन्तर्राष्ट्रिय लेभलमा काम गर्ने इच्छा छ । पहिला गीतसंगीत मेरो प्यासन थियो । तर, जब बजारमा ‘रेशमी पर्दा’, ‘दुई नजर’, ‘छेक्यो डाँडा कुहिरोले’, ‘पिरती लरी लै’ जस्ता गीतहरूले चर्चा पाउन थाले तब प्यासन प्रोफेसनमा बदलियो । मेरा ५० भन्दा धेरै गीत श्रोता/दर्शकमाझ आएका छन् । यस वर्ष बुबाप्रति समर्पित गीत ‘बा आकाश हुन्’ भन्ने गीतबाट चौथो ओएस नेपाल म्युजिक अवार्ड-२०८० मा सर्वोत्कृष्ट आधुनिक गीतमा अवार्ड प्राप्त भएकोे छ ।
यहाँले गीतसंगीतको औपचारिक प्रशिक्षण पनि लिनुभयो कि ?
गीतसंगीतमा आफूलाई निर्खान रेडियो नेपाललगायत विभिन्न प्रतिष्ठानबाट प्रशिक्षण लिएको छु तर धेरै गर्ने चाहना हुँदाहुँदै आफ्नो एकेडेमीकेरिअर फरक भएकाले भनेजस्तो तरिकाले अध्ययन गर्न पाएको छैन । अनौपचारिक शिक्षा पनि लिँदै आएको छु । संगीत भनेको संगत रहेछ । यो २० वर्षको अवधिमा संगीतका धेरै वरिष्ठ व्यक्तित्वसँग नजिक हुने मौका मिल्यो र उहाँहरूसँग पनि हरेक भेटमा सिकिनै राखेको हुन्छु ।
गायकले मुख्य कुरा केमा ध्यान दिनुपर्छ भन्ने लाग्छ ?
मेरो आफ्नो कुरा गर्दा मैले आफ्नो दैनिक अभ्यास ‘रियाज’लाई ध्यान दिन्छु । त्यसपछि कुनै पनि गीत शब्द, संगीत मुख्य हुन्छ मेरो लागि । बजारमा आएका मेरा ५० भन्दा धेरै गीत मैले जहिले सुन्दा म आफैंलाई फिका लाग्दैनन् । यद्यपि सबै सफल भए पनि अहिलेको शब्दमा ‘भाइरल’ भएका छैनन् । कारण मैले गएका गीतमा रचनाकारको शब्द अत्यन्त जीवन्त छन् जसमा धुन पनि जीवन्त भरिएको छ । अर्को पुस्ताले सुन्दा कस्तो शब्द भन्ने ठाउँ राखेको छैन ।
कत्तिको चुनौती छ यो क्षेत्रमा ?
मैले आफ्नो खुशी अनि ‘पिसअफमाइण्ड’को लागि संगीत गर्ने भएकाले चुनौती बारेमा कहिले सोचिन । पहिला संगीत मेरो प्यासन थियो । तर जब बजारमा ‘रेशमी पर्दा’, ‘दुई नजर’, ‘छेक्यो डाँडा कुहिरोले’, ‘पिरती लरी लै’ जस्ता गीतहरूले चर्चा पाउन थाले तब प्यासन पनि प्रोफेसनमा बदलियो जुन राम्रो कुरा हो ।
भविष्यको योजना ?
म विगत २० वर्षदेखि यो क्षेत्रमा निरन्तर छु । यो समयसम्म आइपुग्दा मैले आफूमा रहेको क्षमतालाई भरपूर प्रस्तुत गर्न पाएको छैन । अन्तर्राष्ट्रिय लेभलमा काम गर्ने इच्छा छ ।
यहाँले यो क्षेत्रमा पु¥याएको योगदान स्वरूप थुप्रै मान-सम्मान र अवार्ड प्राप्त गर्नुभएको छ, कस्तो पाउनुहुन्छ फर्केर हेर्दा ?
तपाईंले भनेजस्तै म यो क्षेत्रमा विगत दुई दशकदेखि छु । यो क्षेत्रमा म निरन्तर छु । निरन्तर कार्य गर्दै जाँदा विभिन्न मान–सम्मान र अवार्ड प्राप्त भएका छन् । ओएस नेपाल म्युजिक अवार्ड, फेसन एण्ड म्युजिक अवार्डजस्ता प्राप्त भएका छन् । यस्ता मान–सम्मान, पुरस्कार र अवार्डले आफूलाई अझ जिम्मेवारी बोध हुने र अझ उत्कृष्टता प्रदान गर्न पाए हुन्थ्यो भन्ने लाग्दोरहेछ । फर्केर हेर्दा आफूले राम्रै गरेको जस्तो लाग्छ ।
अध्ययनका लागि अमरिकामा हुनुहुन्छ तर पनि पुगेको एक वर्षमै दुईवटा सांगीतिक कार्यक्रम, च्यारिटी प्रोग्राम गर्न सम्भव भएछ ? समयलाई कसरी व्यवस्थापन गर्न सक्नुभयो ?
भनिन्छ नि ¤ जहाँ इच्छा त्यहाँ उपाय । म पढ्ने विश्वविद्यालय टेक्सासको लबकमा छ, जहाँ धेरै नेपाली अनि नेपाली समुदाय हुनुहुन्छ । म पुग्ने बितिकै म्युजिकमा केही गरम भन्ने सल्लाह भयो समाजसेवी एवं व्यवसायी चन्द्रकुमार श्रेष्ठ दाइले दीपेशकिशोर भट्टराई, यम बराल, मेरो र रिमा विश्वकर्माको सांगीतिक कन्र्सट आयोजन गरिदिनुभयो । त्यसको केही महिनामै मदनकृष्ण श्रेष्ठ, हरिबंश आचार्य, रामकृष्ण ढकालसँग नेप्लिज सोसाइटी अफ टेक्सास नेष्ट डालसको आयोजनामा समताको स्कुल नेपालको सहयोगका लागि आफ्नो प्रस्तुति दिन पुगेको थिए । जुन फण्डराइजका लागि धेरै सहयोगी सावित भयो । खुशी लाग्छ आफ्नो गायन कुनै परोपकारी काममा प्रयोग हुँदा । यसका लागि नेष्टका अध्यक्ष राजेन्द्र वाग्लेलाई पनि धन्यवाद दिन चाहन्छु ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच