काठमाडौं । नयाँ वर्षबाट कान्तिपुर सिनेमाजबाट प्रसारण भएको वेबप्ले सिरिज ‘एउट सपनाको अवसान’को गीत ‘आऊ हजुर आऊ’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा न्हृयू बज्राचार्यको संगीत, विप्लल प्रतीकको शब्द र शारदा अधिकारीको स्वर छ । लिरिकल भिडियोमा मञ्चनको समयका विशेष मुद्रालाई समावेश गरिएको छ । ‘एउटा सपनाको अवसान’ नाटकलाई सिरिजको रूपमा रूपान्तरण गरिएको सिर्जना हो ।
अनुप बरालले निर्देशन गरेको यस नाटकले आर्थिक मन्दीमा फसेको एक परिवारको कथा प्रस्तुत गर्छ । नाटक गत वर्ष चैत १० देखि वैशाख १३ सम्म मण्डला नाटक घरमा मञ्चन भएको थियो । एक महिनासम्म चलेर ६ हजार दर्शकले प्रत्यक्ष हेरेको यस नाटकमा दिया मास्के, दिव्यदेव, मेनुका प्रधान, रोय, विकाश जोशी, शेखर चापागाईंको मुख्य अभिनय छ । नाटकमा न्हृयु बर्जाचार्यको संगीत संयोजन, विप्लव प्रतीकको ट्रान्सक्रियसन र गीत छन् । सिरिज कान्तिपुर सिनेमाजमा सात भागमा उपलब्ध छ ।
नाटकलाई सिरिजको रूपमा प्रस्तुत गरेर एउटा प्रयोग गर्न लागेको र यसले राम्रो नाटकलाई डिजिटल्ली जोगाएर राख्ने प्रयासले पनि सार्थकता पाएको निर्माता पराजुली बताउँनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच