काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले जित निकालेको छ । गएराति भएको खेलमा एट्लेटिकोले ग्रानाडालाई १–० गोलले पराजित गरेको हो ।
एट्लेटिकोको जितमा अल्भारो मोराटाले एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरी सकिएको खेलमा दोस्रो हाफको ५४औँ मिनेटमा मोराटाले गोल गरेका थिए । उनको यो गोल नै टोलीको जितका लागि निर्णायक बनेको थियो ।
यो जितपछि एट्लेटिको मड्रिड २० खेलबाट ४१ अंक जोडेर तालिकाको चौथो स्थानमा उक्लिएको छ । यस्तै, पराजित भएको ग्रानाडा ११ अंकसहित अन्तिमबाट दोस्रोमा छ । शीर्ष स्थानको जिरोनाको ५२ अंक छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच