
काठमाडौं । एसवाई प्यानलले आफ्ना उत्पादन विदेश निर्यात सुरु गरेको छ । कम्पनीले प्रि-फ्याब घर निर्माणका लागि आवश्यक सामग्री भारतसँगै भुटानमा पनि निर्यात सुरु गरेको हो ।
एसवाई प्यानल र एसवाई प्यानल बिल्डर्स भुटानबीच शुक्रबार भुटान निर्यातका लागि सम्झौता भएको छ । एसवाई प्यानलका निर्देशक विमलराज गोसाईंले भुटानमा निर्माणका लागि आवश्यक पर्ने पर्खाल र छानोका प्यानल तथा झ्याल/ढोकाहरू निर्यात हुने बताउनुभयो ।
पहिलो चरणमा २० लाखबराबरका निर्माण सामग्रीको निर्यात हुने उहाँले जानकारी दिनुभयो । कोरियाली लगानीमा चितवनको रत्ननगरमा सञ्चालनमा रहेको उद्योगबाट प्यानलका सामग्री उत्पादन हुँदै आएको छ ।
एसवाई प्यानल कम्पनीले आइपिओ पनि जारी गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डकोे स्वीकृतिसँगै सर्वसाधारणका लागि आइपिओ जारी हुने कम्पनीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच