युद्धविराम सम्झौतापछि घर फर्किंदै गाजावासी

न्युज एजेन्सी नेपाल
Read Time = 1 min

काठमाडाैं । हमास र इजरायलबीचको युद्धबिराम सम्झौतापछि हमास आम नागरिकहरु हमास फर्किन थालेका छन् । गाजा फर्किएकाहरुलाई खाना, पानी, चिकित्सा आपूर्ति र अन्य आवश्यक मानवीय वस्तुहरूको साथ सहयोग गरिएको छ ।

रफाह क्रसिङको गाजा पक्षका प्रवक्ताकाअनुसार मानवीय सहायता बोकेका १५० ट्रक गाजा प्रवेश गरेका थिए । जसमा चार खाना पकाउने ग्यास र तीनवटा इन्धन बोकेका थिए ।

प्यालेस्टिनी अधिकारीहरूले विस्थापितहरूलाई उत्तरी पट्टीमा आफ्नो घर फर्कन आह्वान गरेका छन् । तर इजरायलले उनीहरूलाई युद्धविरामको क्रममा उत्तरतर्फ जान प्रतिवन्ध लगाउने चेतावनी दिएको थियो ।

प्यालेस्टाइनी चिकित्सा र सुरक्षा स्रोतहरूले दुई प्यालेस्टाइनीहरू आफ्नो घर फर्कन प्रयास गर्दा मारिएको बताएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?