काठमाडौं । सविता उप्रेतीलाई यस वर्षको अन्तर्राष्ट्रिय साहसिक महिला पुरस्कार प्रदान गरिने भएको छ । नेपालमा अटिजम भएका बालबालिकाको शिक्षामा उल्लेखनीय काम गरेबापत उहाँलाई यो पुरस्कार प्रदान गरिने भएको हो । भारतीय मानवअधिकार परिषद्ले सन् २०१५ देखि हरेक वर्ष मानवअधिकार र शान्तिका लागि योगदान पुर्याउनेमध्ये एकजनालाई पुरस्कार दिने गरेको छ ।
उप्रेतीलाई अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका दिन डिसेम्बर १० मा नयाँदिल्लीमा पुरस्कार प्रदान गरिने परिषद्ले जनाएको छ । दोलखाकी स्थायी बासिन्दा सविता उप्रेती यो पुरस्कार पाउने पहिलो नेपाली हुनुहुन्छ । संयुक्त राष्ट्रसंघसँग सहकार्य गर्दै मानवअधिकार, श्रम अधिकार र सामाजिक न्यायको क्षेत्रमा काम गरिरहेको परिषद्ले हालै पुरस्कारबारे पत्र पठाएको उप्रेतीले जानकारी गराउनुभयो ।
अटिजम लागेका बालबालिकालाई पढाउने कुनै विशेष विद्यालय, संयन्त्र र जनशक्ति नभएको समयमा २२ वर्षकी उप्रेतीले १३ वर्षअघि यस क्षेत्रमा काम गर्न सुरु गर्नुभएको थियो । अटिजम भएका बच्चालाई पढाउन २०६७ मा खोलिएको ‘स्पेसल स्कुल फर डिसएबल्ड एन्ड रिहाबिलिटेसन सेन्टर’ बाट चार सयभन्दा बढी जनाले सेवा पाइसकेका छन् । अहिले उप्रेतीको विशेष विद्यालयका नरेफाँट, ताथली र गोठाटारमा तीन शाखा छन्, जहाँ ६० विद्यार्थी पढ्छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच