काठमाडौं । पछिल्लो समय कालोसूचीमा पर्ने ऋणीको संख्या बढ्दै गएको छ । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर नतिरेपछि दैनिक कालोसूचीमा पर्नेको संख्या बढ्दै गएको हो ।
कर्जा सूचना केन्द्रका अनुसार चालु आर्थिक वर्षको कात्तिकसम्म कालोसूचीमा पर्ने ऋणीको संख्या ७३ हजार तीन सय ७१ पुगेको छ । गत आर्थिक वर्ष ३४ हजार ८१ ऋणी संस्था तथा व्यक्ति कालोसूचीमा रहेकोमा चालु आर्थिक वर्षको चार महिनामै १४ हजार सात सय ७५ संस्था तथा व्यक्ति कालोसूचीमा परेका हुन् । पछिल्लो पाँच वर्षको तथ्यांकअनुसार कालोसूचीमा पर्ने लगातार बढ्दै गएका छन् ।
आर्थिक वर्ष २०७५/०७६ मा दुई हजार आठ सय ३७ ऋणी संस्था र व्यवसायी कालोसूचीमा परेकोमा हाल दैनिक चार सयसम्म कालोसूचीका लागि नाम आउने गरेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार २०७६/०७७ मा चार हजार छ सय २०, आर्थिक वर्ष २०७७/०७८ मा छ हजार पाँच सय १४ र आर्थिक वर्ष २०७८/०७९ मा १५ हजार नौ सय ९५ ऋणी कालोसूचीमा परेका छन् ।
कालोसूचीमा पर्नेमध्ये ७० प्रतिशत चेक बाउन्सको रहेको छ भने बाँकी ३० प्रतिशत ऋणको रहेको छ । कालोसूचीमा परेपछि आर्थिक कारोबार, विदेश भ्रमण, अध्ययनलगायत सुविधा नपाउने व्यवस्था छ । कालोसूचीबाट हटाउन खातावालाले ऋण तिरेको प्रमाण केन्द्रमा पेश गर्नुपर्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच