काठमाडौं । दायित्व वाङ्मय प्रतिष्ठानले तीन सर्जकलाई पुरस्कृत गरेको छ । शनिबार एक कार्यक्रमबीच प्रमुख अतिथि साहित्यिक पत्रकार रोचक घिमिरेले ‘शंकर कोइराला आख्यान पुरस्कार-२०८०’ आख्यानकार नारायण ढकाललाई प्रदान गर्नुभयो ।
उहाँलाई पुरस्कारका साथ २५ हजार नगद राशि प्रदान गरिएको थियो । त्यस्तै, ‘कुमार-सरस्वती पुरस्कार-२०८०’ साहित्यकार, समालोचक तथा अन्वेषक प्रा.डा.दयाराम श्रेष्ठलाई अर्पण गरिएको थियो । उक्त पुरस्कारका साथ पनि नगद राशि २५ हजार प्रदान गरिएको थियो ।
प्रतिष्ठानले यसैवर्षदेखि ‘चूडामणि व्याकरण कोश पुरस्कार’को व्यवस्थापन गर्दै उक्त पुरस्कार पहिलोपटक भाषाविद् शरच्चन्द्र वस्तीलाई प्रदान गरेको छ । उक्त पुरस्कारका साथ नगद राशि ५१ हजार १११ प्रदान गरिएको थियो ।
चुडामणि व्याकरण कोश पुरस्कार कोशकार चुडामणि गौतमले स्थापना गर्नुभएको हो । कार्यक्रममा चुडामणि गौतमको पुस्तक ‘बाफरे जिन्दगानी’ र ‘शुद्ध नेपाली लेख्ने यसरी’, रामप्रसाद पन्तको कथाकृति ‘मौनविद्रोह’ र लघुकथासंग्रह ‘मिसावट’को पनि विमोचन गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच