
काठमाडौंं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको आयोजनामा दुर्ईदिने सलिको गल्फ प्रतियोगिता हुने भएको छ । विगत जस्तै यसपटक पनि आगामी मंसिरको १५ र १६ गते सलिको गल्फ प्रतियोगिता हुने भएको हो । रोयल नेपाल गल्फ क्लबमा आयोजना हुने प्रतियोगितामा कुल १६ विधामा प्रतिस्पर्धा हुने कम्पनीले जनाएको छ ।
कम्पनीले सोमबार आयोजक रोयल नेपाल गल्फ क्लबमा पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो । महिला, पुरुष तथा विभिन्न उमेर समूहका खेल हुने आयोजकले जनाएको छ । पुरुषतर्फका विजेताले ट्रफी, एक जोडीका लागि गोसाइँकुण्डमा हेलिकप्टरमा यात्रा र नगद भौचर, पाँच हजार नगद पुरस्कार तथा उपविजेताले ट्रफी, नगद भौचर, १० हजार नगद पुरस्कार पाउनेछन् ।
त्यस्तै ग्रसतर्फ विजेता पुरुषले ट्रफी, नगद भौचर र १५ हजार रुपैयाँ तथा महिलाका बिजेताले ट्रफी, नगद भौचर र १० हजार नगद पुरस्कार पाउनेछन् । महिलातर्फ उपविजेताले ट्रफी, नगद भौचर र आठ हजार रुपैयाँ पाउनेछन् । सिनियरतर्फ विजेताले ट्रफी, नगद भौचर र उपविजेताले ट्रफी, नगद भौचर र पाँच हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । गल्फ खेलमा रुचि राख्ने खेलाडीको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको कम्पनीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच