काठमाडौं । साहित्यकार घटराज भट्टराईको ८२औं जनमजयन्तीको सन्दर्भ पारी एक समारोहबीच कविता वाचन प्रतियोगिता तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । घटराज मेमोरियल मावि बु.न.पा.-१२ कपनको आयोजनामा विद्यालयमा सञ्चालन भएको उक्त कार्यक्रमा विभिन्न २२ वटा विद्यालयका विद्यार्थीहरूले भाग लिनुभएको थियो ।
साहित्यकार विनोद दाहाल वत्स तथा पशुपति सापकोटा निर्णायक रहनुभएको सो प्रतियोगितामा चाल्र्स डार्बिन स्कुलकी सफलता खड्का, एजेज ग्रेडेड स्कुलकी अञ्जना राई र पिकपोइन्ट एजुकेसन नेटवर्ककी डिया घिमिरे क्रमशः प्रथम द्वितीय तथा तृतीय हुनुभएको थियो भने गौरीशंकर इंग्लिस स्कुलकी रोजिना खाँतीले सान्त्वना पुरस्कार प्राप्त गर्नुभएको थियो ।
कार्यक्रममा प्रा.छन्दविनोद दाहालले वाचित कविताका बारेमा आफ्नो धारणा राख्नुभएको थियो भने गायक माधव दाहालले गीत गाउनुभएको थियो । यसैगरी देवकी दाहाल र कान्ता दाहालले अप्रतियोगी कविका रूपमा आआफ्ना रचनाहरू सुनाउनुभएको थियो ।
विद्यालयकी शिक्षिका विमला घिमिरेले सञ्चालन गर्नुभएको उक्त कार्यक्रको सुरुमा विनोद दाहालले कविता वाचनका नियमबारे बताउनुभएको थियो भने निर्णायकको जिम्मेवारीमा रहँदाका अनुभव बताउँदै निर्णायक सापकोटाले परिणाम सुनाउनुभएको थियो । प्रतियोताबाट छनोट भएका विद्यार्थीहरूलाई कार्यक्रमको प्रमुख अतिथि बुढानीलकण्ठ नगरपालिका उपप्रमुख अनिता लामाले पुरस्कार, प्रमाणपत्र तथा सिल्ड प्रदान गर्नुभएको थियो ।
औपचारिक कार्यक्रमको सभापतित्व घटराज स्मारक कोषको संरक्षक तथा घटराज भट्टराईकी धर्मपत्नी प्रभा भट्टराईले गर्नुभएको थियो भने बु.न.पा.-१० का वडा अध्यक्ष नवराज भट्टराई तथा १२ का वडा अध्यक्ष शम्भु भट्टराई विशेष अतिथिका रूपमा रहनुभएको थियो । कार्यक्रममा घटराज भट्टराईकी छोरी तथा घटराज स्मारक कोषकी सचिव साधना दाहालले स्वागत मन्तव्य राख्नुभएको थियो । यसैगरी उक्त कोषका कोषाध्यक्ष तथा घटराज मेमोरियल माविका प्रधानअध्यापक राजेश भट्टराईले कोषबारे प्रकाश पार्नुभएको थियो । कार्यक्रमा वरिष्ठ साहित्यकार तथा घटराजका भाइ प्रयागराज भट्टराई वाशिष्ठले दाजुबाट पाएको प्रेरणा र प्रोत्साहनका सम्बन्धमा आफ्नो स्मरण सुनाउनुभएको थियो ।
कार्यक्रममा उक्त विद्यालयकी छात्रा रियाना भट्टराईले हजुरबा घटराजबारे आफ्नो स्मरण सुनाएर सबैलाई भावुक बनाउनुभयो । यसैगरी घटराज माविकी छात्रा अश्विनी सापकोटाले पनि घटराज भट्टराईको जीवनी सुनाउनुभएको थियो भने सोही विद्यालयका पूजा फुयाँल, कृति पोखरेल तथा सरस्वती एकेडेमीकी छात्रा आयुसा सापकोटाले अप्रतियोगी कविका रूपमा आ-आफ्ना रचना वाचन गरेर सुनाउनुभएको थियो ।
विद्यायल अवधिभर राष्ट्रिय एवं अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्न सफल घटराज मेमोरियल स्कुलकी छात्रा कृति पोख्रेललाई पनि पदक, प्रमाणपत्र एवं नगद पुरस्कार पाँच हजार प्रदान गरिएको थियो । यसैगरी बूढानीलकण्ठ नगरपालिका क्षेत्रभित्रबाट २०७९ सालको एसइईमा ४ जिपिए ल्याउने सम्राट आचार्य, आर्जु अर्याल, अद्वित श्रेष्ठ, अविरल दाहाल र शुभेक्षा पौडेललाई पाँच हजारका दरले नगद पुरस्कार प्रदान गरिएको थियो ।
यसैगरी नेसा क्लस्टर क्षेत्रभित्रबाट उत्कृष्ट जिपिए ल्याउने घटराज मेमेरियलकी छात्रा रियाना भट्टराई, सरस्वती एकेडेमीकी आयुसा सापकोटा र घटराज मेमोरियलकी छात्रा कृति पोखरेललाई पनि पाँच हजारका दरले पुरस्कार प्रदान गरिएको थियो । पुरस्कृत विद्यार्थीलाई पुरस्कार प्रदान गर्दै कार्यक्रमकी प्रमुख अतिथि उपमेयर अनिता लामाले घटराज भट्टराईलाई बु.न.पाको मात्र नभएर राष्ट्रकै गहनाका रूपमा सम्झनु र सम्मान गर्नुपर्ने विचार व्यक्त गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच