आज पनि घट्यो शेयर बजार

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । लगातार दोस्रो दिन पनि शेयर बजार घटेको छ ।

मंगलबार सेयर बजार सामान्य अंकले घटेको छ। सोमबार ११ अंकले घटेको नेप्से परिसूचक आज २.१७ अंकले घटेर एक हजार आठ सय ९४.५३ बिन्दुमा झरेको छ। ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२३ प्रतिशतले घटेको छ।

आज कारोबार रकममा समेत गिरावट आएको छ। ४७ लाख २७ हजार कित्ता सेयर एक अर्ब २८ करोड रुपैयाँबराबरमा खरिद–बिक्री भएको छ, जब कि सोमबार एक अर्ब ७५ करोड रुपैयाँको सेयर कारोबार भएको थियो।

आज नेप्सेका १३ मध्ये म्युचुअल फन्ड, उत्पादन तथा प्रशोधन, हाइड्रोपावर, होटेल तथा पर्यटन र वित्त समूह बढ्दा अन्य समूह घटेका छन्। होटेल तथा पर्यटन सबैभन्दा धेरै ३.३३ प्रतिशतले बढ्दा बाँकी समूह एक प्रतिशतभन्दा कमले बढेका छन्।

मंगलबार बजार पुँजीकरण २९ खर्ब २१ अर्ब रुपैयाँ रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?