काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेका पुर्व गृहमन्त्री बालकृष्ण खाणलाइ थुनामुक्त गराउनु पर्ने माग गरिएको छ ।
उच्च अदालत पाटनमा जारी बहसमा खाणका वकिलहरूले उनलाई थुनामुक्त गरेर मुद्दा चलाउन माग गरेका हुन् ।
जससँगै नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर २८ करोडभन्दा बढी ठगी गरेको प्रकरणमा हाल थुनामा रहेका नेपाली कांग्रेसका नेतासमेत रहेका पूर्व गृहमन्त्री खाणको तर्फबाट जवाफी बहस भर्खरै सकिएको छ।
खाणका तर्फबाट पूर्व महान्यायाधिवक्ता समेत रहेका वरिष्ठ अधिवक्ता खम्बहादुर खातीलगायतले बहस गरेका हुन, उनीहरूले एकै स्वरमा खाँडलाइ थुनामुक्त गरेर मुद्दा चलाउन माग गरेका छन् ।
आज नै बहस सकाउने र सम्भवतः आजै फैसला गर्ने गरी अदालतमा बहस भईरहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच