सुनको सिक्री लुटेर भाग्दै गरेको अवस्थामा युवक पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सुनको सिक्री लुटेर भाग्ने पक्राउ परेका छन् ।

काठमाडौ महानगरपालिका–३२ स्थित नाककाट्य मन्दिर नजिक सडकबाट सुनको सिक्री लुटेर भाग्दै गरेको अवस्थामा बाराका एक युवा पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार यसरी पक्राउ पर्नेमा सिमरा नगरपालिका–१४ घर भएका ठमेल बस्ने २३ वर्षीय रोहन शाह रहेका छन् । उनले बिहीबार राति सुनको सिक्री चोर्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

शाहले सोही महानगरपालिका–३२ नाककाट्य मन्दिर नजिक सडकमा हिँडिरहेकी २२ वर्षीया युवतीको सुनको सिक्री लुटपाट गरी भाग्दै गरेको अवस्थामा प्रहरी प्रभाग काडाघारीबाट खटिएको प्रहरीले उनलाई लुटी लगेको सिक्रीसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?