प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल स्वदेश फर्कनुभएको छ ।

प्रधानमन्त्री दाहाल दुबईमा आयोजित जलवायु परिवर्तनसम्बन्धि राष्ट्र संघीय सम्मेलन (कोप–२८) मा भाग लिएर आईतवार अपरान्ह स्वदेश फर्कनुभएको हो ।

उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीहरु, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुले स्वागत गर्नुभएको थियो ।

शनिवार सो सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले जलवायु परिवर्तनमा नेपालले अन्याय भोग्नुपरेको उल्लेख गर्दै सो अवस्थाका अन्त्य गर्नुपर्ने बताउनुभएको थियो । उहाँले हिमाल जोगाउन र विश्वका मानव जातिको रक्षाका लागि जलवायु परिवर्तनको असर न्युनिकरणका लागि सहयोग गर्न पनि अन्तराष्ट्रिय समुदायलाई अपिल गर्नुभएको थियो ।

सम्मेलनमा उहाँले विभिन्न देशका समकक्षीहरुसँग द्विपक्षीय भेटवार्ता पनि गर्नुभएको थियो । प्रधानमन्त्री दाहाल गत मंसिर १३ गते सो सम्मेलनमा लिन दुबई प्रस्थान गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?