फ्रिटाउन । सिएरा लियोनका राष्ट्रपति जुलियस माडा बायोले गत साता सत्ता हत्याउने प्रयासमा आफ्नो सरकारको प्रतिक्रिया ‘कानुनको सम्मान’ द्वारा निर्देशित हुने बताउनुभएको छ । उहाँले राष्ट्रका नाममा सम्बोधन गर्दै भन्नुभयो, ‘सत्ता हत्याउने प्रयासलाई मेरो सरकारले राजनीतिक, आदिवासी वा धार्मिक मुद्दाका रूपमा नभई सार्वजनिक व्यवस्थाको एउटा सामान्य मामिलाका रूपमा मान्नेछ’, उहाँले भन्नुभयो, ‘नोभेम्बर २६ को घटनामा हाम्रो प्रतिक्रिया एउटै प्यारामिटरले मापन र निर्धारण हुनेछ र त्यो हो कानुनको सम्मान, न धेरै न कम ।’
नोभेम्बर २६ को बिहानै सशस्त्र हमलाकारीहरूले सुरक्षा बलको सामना गर्दै एउटा सैन्य शस्त्र भण्डार, दुई ब्यारेक, दुई कारागार र दुई प्रहरी चौकीमाथि आक्रमण गरेका थिए । सूचनामन्त्री चेर्नोर बाहका अनुसार भिडन्तमा १४ सैनिक, एक प्रहरी, एक कारागारका गार्ड, एक सुरक्षा गार्ड, एक महिला र तीन आक्रमणकारीसहित कूल २१ जनाको मृत्यु भएको थियो । सत्ता हत्याउने प्रयासमा सामेल भएको आशंकामा १३ सैनिक र एक सर्वसाधारणलाई हिरासतमा राखिएको छ ।
प्रहरीले ‘भगौडा’ का रूपमा खोजी गरिएका ३२ पुरुष र दुई महिलाको तस्वीर र नाम जारी गरेको छ । उनीहरूमा सेवारत तथा अवकासप्राप्त सैनिक तथा प्रहरी अधिकारी पनि छन् । उनीहरूलाई पक्रनका लागि जानकारी दिने कुनै पनि व्यक्तिलाई ‘राम्रो पुरस्कार’ दिने वाचा गरिएको छ । ‘दोषी जस्तोसुकै स्थितिमा भए पनि उनीहरू सबैलाई कानुनको दायराभित्र राखिने छ’, जुनमा दोस्रो कार्यकालका लागि निर्वाचित राष्ट्रपति बायोले भन्नुभयो, ‘गत महिनाका घटनाहरू सुस्पष्ट ढंगले सत्ता हत्याउने प्रयास थियो । हिंसात्मक र गैरकानुनी माध्यमबाट लोकतान्त्रिकरूपले निर्वाचित सरकारलाई पराजित गर्न, संवैधानिक व्यवस्थालाई उल्ट्याउन तथा शान्ति र लोकतन्त्रमा हाम्रो दशकौंको लगानीलाई उल्ट्याउनका लागि पूर्वनियोजित रूपमा आक्रमणको समन्वय गरिएको थियो ।’ पश्चिम अफ्रिकी क्षेत्रमा सन् २०२० पछि माली, बुर्किना फासो, नाइजर र गिनीमा सत्ता हत्याउने शृंखला देखिएको छ । शनिबार गिनी बिसाउले सेना र सुरक्षा बलबीचको झडपपछि यसै साताको प्रारम्भमा ‘सत्ता हत्याउने’ प्रयासको निन्दा गरेको छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच