काठमाडौं । ‘थाहा फिल्म फेष्टिभल २०२३’ सम्पन्न भएको छ । पालुङको जेसिस हलमा मंसिर ९ गतेदेखि सुरु फेष्टिभलको क्लोजिङ चलचित्रको रूपमा भोजराज भाट निर्देशित लघु चलचित्र ‘सुनाकली’ थियो । मुगुका किशोरीको फुटबल सपना र संघर्ष चित्रण गर्ने उक्त चलचित्र हेर्न स्थानीयसहित विद्यार्थी र शिक्षकको बाक्लो उपस्थिति थियो । समापन कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले सरकारले यस्ता फेष्टिभललाई सघाउन सघाउने बताउनुभयो ।
मकवानपुर जिल्लालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न थाहा नगरपालिकालगायत अन्य पालिका मिलेर काम गर्नुपर्ने उहाँको भनाइ थियो । पर्यटन प्रवद्र्धनको उद्देश्यसहित थाहा कला केन्द्रले आयोजना गरेको फेस्टिभलमा तीन दर्जन फिचर, वृत्तचित्त र चलचित्र प्रदर्शन गरिएको थियो ।
फिचर चलचित्रतर्फ ‘ऐना झ्यालको पुतली’, ‘प्रकाश’, ‘द सिक्रेट्स अफ राधा’, ‘बुलबुल’, ‘आमाखाण्डो’ र ‘डेसान’ देखाइएको थियो । फेष्टिभलमा सुजित बिडारी, सुवर्ण थापा, केदार श्रेष्ठ, मोहन राई, गणेशदेव पाण्डे, समलकुमार बज्राचार्यलगायत चलचित्रकर्मी सहभागी थिए ।
थाहा कला केन्द्रका अध्यक्ष सानोबाबु तामाङले फेष्टिभल सफलतापूर्वक सम्पन्न भएको बताउँदै यसलाई निरन्तर रूपमा अगाडि बढाउने बताउनुभयो । फेष्टिभल संयोजक प्रमोदकृष्ण जोशीले फेष्टिभलले नगरपालिकालाई मिनी फिल्म सिटी बनाउन परिकल्पनालाई साकार गर्ने बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच