काठमाडौं । फ्रेन्च कार निर्माता सिट्रोनले भारतमा बनेको आफ्नो नयाँ इलेक्ट्रिक मोडल सिट्रोन ई-सी थ्रीलाई केही समयअघि नेपाल ल्याएको थियो । हाल नेपाली बजारमा हाई रेन्जदेखि लो रेन्जसम्मका इलेक्ट्रिक गाडी उपलब्ध छन् । यस्तो अवस्थामा सिट्रोन ई-सी थ्री मिड रेन्ज कम्प्याक्ट एसयुभीको पर्फेक्ट विकल्प बनेर नेपाली बजारमा आएको कम्पनीको दाबी छ । सिट्रोन ई-सी थ्रीले यसै वर्ष न्युयोर्कमा आयोजित न्युयोर्क अटो शोको १९औँ वल्र्ड कार अवार्ड समारोहमा वल्र्ड अर्बन कार अफ द इयर २०२३ जित्न सफल भएको थियो । कम्पनीका अनुसार २९.२ किलोवाटको ब्याट्री भएको सिट्रोन ई-सी थ्री पूर्णरूपमा डिसी फास्ट चार्जिङ प्रदान गर्ने यस सेगमेन्टकै पहिलो गाडी हो । रिजेनेरेटिभ ब्रेकिङका साथ आउने यस गाडीमा हरेक पटक ब्रेक लगाउँदा अटोम्याटिकल्ली चार्ज हुन्छ ।
त्यसैगरी फुल्ली अटोम्याटिक ड्राइभ फिचर भएको सिट्रोन ई-सी थ्रीमा ई-टगल र अटोम्याटिक गियरबक्स पनि उपलब्ध छ । त्यस्तै सिंगल चार्जमा तीन सय २० किलोमिटर माइलेज दिनुका साथै ब्याट्री पनि ५६ मिनेटमै ८० प्रतिशतसम्म चार्ज हुन्छ । एबिएस, इएसपी र मल्टिपल एयरब्यागसहित उपलब्ध गाडी डिजाइन, सेफ्टी र रेन्ज सबै कुरामा अगाडि रहेको कम्पनीको दाबी छ ।
गाडीमा तीन वर्ष वा एक लाख २५ हजार किलोमिटरको वारेन्टी रहेको छ भने ब्याट्रीमा सात वर्ष वा एक लाख ४० हजार किलोमिटरको वारेन्टी रहेको छ । मोटरमा भने पाँच वर्ष वा एक लाख किलोमिटर वारेन्टी रहेको छ । भर्खरै सिट्रोन ई-सी थ्री किन्नुभएका डिडी सेक्युरिटी सर्भिस प्रालिका कार्यकारी निर्देशक मनोहर कोइराला भन्नुहुन्छ, ‘जब म पेट्रोल गाडीबाट सिट्रोन ई-सी थ्रीमा स्विच गरेँ, मेरो पूरै ड्राइभिङ एक्सपिरिएन्स नै परिवर्तन भयो । यो भन्दाअघि मलाई काठमाडौंका रोडहरू नेभिगेट गर्न यस्तो सजिलो कहिल्यै भएको थिएन । मेन्टेनेन्स र चार्जमा खर्च त कम भयो नै, मेरो मासिक खर्च पनि कम हुँदै गएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच