
कालीकोट । कालीकोटको नरहरिनाथ गाउँपालिका माल्कोटलाई देशकै पहिलो ‘सी’ गाउँ घोषणा गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता प्रकाण्डले पार्टी पुनर्गठनको दिन पारेर माल्कोट गाउँलाई ‘सी’ गाउँ घोषणा गर्नुभएको हो । माल्कोटको सेरापाटा विद्यालयमा एक औपचारिक कार्यक्रमबीच पार्टीका प्रवक्ता प्रकाण्डले माल्कोटलाई ‘सी’ गाउँ घोषणा गर्नुभएको हो ।
‘सी’ भनेको अंग्रेजीमा कम्युनिष्ट र कम्युनिष्टको नेपाली अर्थ साम्यवादी भएकाले माल्कोट गाउँलाई ‘कम्युनिष्ट साम्यवादी गाउँ’ घोषणा गरिएको हो ।
माल्कोटमा सशस्त्र द्वन्द्वका क्रममा ३३ जना र एकीकृत जनक्रान्तिको क्रममा एकजना गरी ३४ जनाको बलिदान भएको गाउँ हो । यही गाउँमा नेकपाका प्रवक्ता प्रकाण्डको पनि जन्म भएको थियो ।
सशस्त्र द्वन्द्वको क्रममा प्रहरीलाई २०५४ साल चैत्र २६ गते स्थानीय क्रान्तिकारी महिलाहरूले लखेट्दै हतियार खोसेर पार्टीलाई समेत बुझाएका थिए ।
यो गाउँ कम्युनिष्ट तथा विशेष गरी माओवादी विचारधारामा संंगठित गाउँ भएकाले नेकपाले माल्कोटलाई पहिलोपटक साम्यवादी अथवा ‘सी गाउँ’ घोषणा गरेकोे नेकपा कालीकोटले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच