माथिल्लो मुगु र रारा क्षेत्रमा वर्षा र हिमपात सुरु

हिमालय टाइम्स
Read Time = 3 mins

नृपेन्द्र बहादुर मल्ल, मुगु । हिमाली जिल्ला मुगुका विभिन्न उच्च स्थानहरुमा हिमपात हुन थालेको छ। यस वर्ष पहिलो पटक ती क्षेत्रहरुमा हिमपात हुन सुरु भएको हो । आइतवार रातिबाट मौसममा बदली हुँदै गए पनि सोमबार बिहानै देखि उच्च भु-भागमा हिउँ र बेंशीमा पानी पर्न शुरु गरेको हो ।

मुगुम कार्मारोङ्ग गाउपालिकामा पर्ने यार्सा पाटनहरु ,कोइकी हिमाल मुगु र डोल्फु क्षेत्रमा हिमपात शुरु भएको डोल्फु गाउँका नेग्मा सेराव लामाले जानकारी गराउनुभयो । नेपालकै प्रमुख पर्यटकीय क्षेत्र रारा र मुर्माटपमा पनि बिहानै देखि हिउँ पर्न शुरु भएको र चिसो पनि असाध्यै बढेको त्यहाँका स्थानीयले बताएका छन् ।

रारा घुम्न आएका पर्यटकहरु हिमपात र पानी पर्नाले हवाइ र स्थलमार्ग बन्द हुन सक्ने भन्दै बिहानै राराबाट घरतर्फ जान तरखर गरेको रारा राष्ट्रिय निकुन्जका रेन्जर हिमाली खत्रीले बताउनुभयो ।

जिल्ला अन्य क्षेत्र बुलबुले,सात ताल, दुधताल, चन्खेली, बाम, रिणिमोक्क्ष, खेस्मालिका, सोरुकोट मा पनि हिउँ पर्न सुरु गरेको खबर प्राप्त भएका छन । सदरमुकाम गमगढीमा पानी पर्न शुरु गरेको छ । बढी पानी र हिउँ परेर सडक अवरुद्ध भइ दैनिक उपभोग्य वस्तु र निर्माण सामग्री अभाव हुन्छ कि भन्ने व्यापारीहरुमा पिरलो शुरु भएको मुगु उद्योग बाणिज्य संघका अध्यक्ष कमल बुढाले बताउनुभयो ।

पानी र हिमपात हुन थालेपछि हिउँदे बाली गहुँ, जौ र नाफल खेती राम्रो हुने कृषकहरु आसावादी छन् । त्यस्तै, हिमाल यार्सा, जडिबुटीहरु पनि वृद्धि ,गुणस्तरको हुने भन्दै कृषक तथा जडिबुटी व्यापारीहरु खुशी भएका छन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?