राष्ट्र बैंकमा पाँच कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं  । नेपाल राष्ट्र बैंकका पाँच जना कार्यकारी निर्देशकको जिम्मेवारी  हेरफेर गरिएको छ। सोमबार गभर्नर महाप्रसाद अधिकारीले विभागीय प्रमुख (कार्यकारी निर्देशक) को जिम्मेवारी हेरफेर गर्नुभएकाे छ ।

राष्ट्र बैंकको प्रवक्ताको समेत जिम्मेवारीमा रहेका बैंक तथा वित्तीय संस्था नियमन विभागका डा. गुणाकर भट्टलाई भुक्तानी प्रणाली विभागको जिम्मा दिइएको छ।

राष्ट्र बैंकमा प्रभावशाली मानिने नियमन विभागमा भुक्तानी प्रणाली विभागका गुरुप्रसाद पौडेलको सरुवा भएको छ। वित्त व्यवस्थापन विभागमा रहेका मुकुन्द क्षेत्रीको जनशक्ति व्यवस्थापन विभागमा सरुवा गरिएको छ।

विदेशी विनिमय व्यवस्थापन विभागको प्रमुख रहेका रामु पौडेललाई वित्त व्यवस्थापन विभागमा सरुवा गरिएको छ। विदेशी विनिमय व्यवस्थापन विभागको जिम्मेवारी तुलसी घिमिरेलाई दिइएको छ।

आगामी आइतबारदेखि लागु हुनेगरी गभर्नर अधिकारीले विभागीय प्रमुखहरुको जिम्मेवारी हेरफेर गर्नुभएकाे हाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?