ओसिएद्वारा पाँच खेलकर्मी सम्मानित

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले बिहीबार नेपालका पाँच खेलकर्मीलाई कदर पत्रसहित सम्मान गरेको छ । हांगचौं एसियाली खेलकुद (एसियाड) को प्रवद्र्धन तथा प्रचारप्रसारमा महत्वपूर्ण भूमिका खेलेकाले यो सम्मान गरेको हो ।

एसियाडको तयारीमा सहयोग गरेको र ओलम्पिक भावनालाई जनमानसमा पुर्‍याउन उल्लेखनीय काम गरेको भन्दै ओसिएले सम्मान गरेको जनाएको छ ।

सम्मान हुनेमा नेपाल ओलम्पिक कमिटी (एनओसी)का उपाध्यक्ष तथा कार्यकारी निर्देशक चुरानन्दराज वैद्य, नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ, एनओसीका कार्यकारी सचिव सुजनलाल श्रेष्ठ तथा कर्मचारीद्वय आयुष जोशी र निरज श्रेष्ठले छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?