काठमाडौं । नेपाली उत्पादनको प्रवद्र्धन, हाम्रो अभियान भन्ने नाराका साथ नेपाली जुत्ता चप्पल उत्पादक समूहले स्वदेशी ब्राण्डका जुत्ता चप्पलको सामूहिक शोरुम नेपाली जुत्ता घर ललितपुरको सातदोबाटोमा सञ्चालनमा ल्याएको छ । स्वदेशी उत्पादन प्रवद्र्धन गर्ने उद्देश्यले सामूहिक शोरुम अवधारणाअन्तर्गत खोलिएको सातदोबाटो नेपाली जुत्ताघर पाचौँ शोरुम हो ।
यसअघि पोखरा, बुटवल, जनकपुर र न्युरोडमा चारवटा शोरुम सञ्चालनमा आइसकेका छन् । सातदोबाटो जुत्ताघर बागमती प्रदेश उद्योग वाणिज्य भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले उद्घाटन गर्नुभएको थियो । सातदोबाटो नेपाली जुत्ताघरमा बिएफ डियर हिल र बिएफ स्पोट, रोयल शुज, फस्टवाक शुज, कस रोड शुज, डिजे शुज, कोशेली छाला जुत्ता, रन शुज र स्मार्ट शुज गरी आठ ब्राण्डका जुत्ता चप्पल रहेको बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच