काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले दुई महिनामै प्रधानमन्त्रीले पुनः विश्वासको मत लिने परिस्थिति बन्नु कसैका लागि पनि खुसीको कुरा नभएको बताउनु भएको छ ।
प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रस्तुत गरेको विश्वासको मतको प्रस्तावमाथि बोल्दै उहाँले दुई महिनामा विश्वासको मत लिने परिस्थिति देशको स्थिरताका लागि राम्रो नभएको बताउनु भयो । यस्तो परिस्थिति फेरि पनि आउन नहुने उहाँको भनाइ छ ।
सिद्धान्त नमिलेका दलहरू एक ठाउँमा आइदिँदा यो परिस्थिति सिर्जना भएको उहाँको भनाइ थियो । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि प्रधानमन्त्रीलाई पुनः विश्वासको मत दिने बताउनु भयो ।
आफूले जन्माएको बच्चाप्रति बाआमाको ठूलो प्रेम हुन्छ भन्दै संघीयता, गणतन्त्रको रक्षा गर्न प्रधानमन्त्री प्रचण्ड सधैं लाग्ने राउतको विश्वास छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका