तातोपानीको सडक कालोपत्रे

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 3 mins

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४,सिंगास्थित माथिल्लो तातोपानी बजार क्षेत्रको सडक कालोपत्रे गरिएको छ । बेनी–दरवाङ सडक अन्तरगत पर्ने तातोापनी बजारको सडक कालोपत्रेको काम अन्तिम चरणमा पुगेको हो ।

बेनी नगरपालिकाको ३० लाख बजेटमा प्रिमिक्स प्रविधिबाट कालोपत्रे गरिएको वडा अध्यक्ष अणबहादुर खड्का (भगवान) ले बताउनुभयो । “तल्लो र उपल्लो तातोपानी बजार कालोपत्रेसँगै स्थानीय र पर्यटकलाई सहज भएको छ,स्थानीय समुदायको सहयोगले पनि काम गर्न सहज भयो” अध्यक्ष खड्काले भन्नुभयो ।

उहाँका अनु्सार बजार क्षेत्रमा सडकसँगै तटबन्धन सहितका समस्या समाधानका लागि समेत नगरपालिकामार्फत प्रदेश र संघीय सरकारसँग बजेट समेत माग गरिएको छ ।

तल्लो र माथिल्लो तातोपानी बजारको सडक कालोपत्रे सडकले पश्चिम म्याग्दी जाने र तातोपानीबासी र कुण्डमा आउने पाहुनालाई हिलो र धुलोको समस्याबाट मुक्त बनाएको स्थानीय होटल ब्यवसायी कुमार केसीले बताउनुभयो ।उहाँका अनुसार शुक्रबारसम्म तीन सय मिटर सडक कालोपत्रे भएको छ ।

श्रमजिवि निर्माण कम्पनीले ठेक्का लिएर काम सुरू गरेको कालोपत्रे सडकको नियमित अनुगमन तथा प्राविधिक सहितको निगरानी समेत भइरहेको छ । निर्माण ब्यवसायी प्रकाश बानियाँले स्थानीयबासी, जनप्रतिनिधि सहित सरोकारवाला निकायको समन्वयमा मापदण्ड अनुसार नै काम भइरहेको बताउनुभयो ।

गतबर्ष बेनी नगरपालिकाले तल्लो तातोपानीमा तीन सय ३९ मिटर सडक प्रिमिक्स प्रविधिबाट कालोपत्रे, २० मिटर लामो मेसिनरी पर्खाल, सवारी आवतजावतलाई असहज बनाएको ठुलो ढुङ्गा फुटाउने र एक सय तीन मिटर सडक ढलान करिब रु ३६ लाखभन्दा बढीमा सकिएको थियो ।

प्राकृतिक उपचार गर्न आउने विरामी लगायतको संख्यामा बृद्धि हुन थालेपछि कुण्ड स्नान गर्ने पूर्वाधारलाई ब्यवस्थित, स्थानीय होटल ब्यवसायीले होटलको सुविधा विस्तार र स्थानीय सरकारले सडक लगायतको पूर्वाधार निर्माणमा जोड दिएको छ । बेनीदेखि तातोपानी बजार हुदैँ मंगला गाउँपालिकाको सिमसम्मको १२ किलोमिटर सडक कालोपत्रे भएपछि यात्रुलाई निकै सहज भएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?